विनोद चालिसेलाई पितृ शोक

विनोद चालिसेलाई पितृ शोक

 

1454616_847578711952067_6714920635852797118_nकपन अनलाइन\माघ २३, २०७१
बुढानीलकण्ठ नगर तथा कपन क्षेत्रमा राजनीतिक रुपमा परिचित विनोद चालिसेलाई पितृ शोक परेको छ । नेपाली कांग्रेसबाट बुढानीलकण्ठ नगरपालिकका सचिवसमेत रहेका विनोद चालिसेका पिता उत्तम चालिसेको गए राति असामयिक निधन भएको हो । २ दिन अघि हर्ट अट्याक भएर अस्पताल भर्ना भएका उत्तम चालिसेको गए राति मृत्यू भएको डाक्टरले घोषणा गरेको थियो । तत्कालिन कपन गाविसमा नेपाली कांग्रेसको स्थानीय नेताको रुपमा समेत काम गरेका चालिसे हाल पनि नेपाली कांग्रेसका कृयाशिल सदस्य थिए । आज बिहान दिवंगत उत्तम चालिसेको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएको थियो ।
कपन अनलाइनका सहृदयी राजनीतिकर्मी विनोद चालिसेलाई पर्न गएको यस असामयिक दुःखद घडिमा कपन अनलाइन परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

(फोटोः लक्ष्मण अधिकारी)

तपाइँको प्रतिक्रिया ।