कुन कुन विषय पढाउन लाइसेन्स नचाहिने भो अब ?

कुन कुन विषय पढाउन लाइसेन्स नचाहिने भो अब ?

काठमाडौ, १८ माघ । विद्यालय तहमा विज्ञान ,अंग्रेजी,गणितलगायत प्राविधिक विषय पढाउन शिक्षण अनुमतिपत्र (लाइसेन्स) नचाहिने भएको छ ।
लाइसेन्स अनिवार्य गरिएका कारण यी विषयमा शिक्षक अभाव हुँदा पढाइमा बाधा उत्पन्न भएको गुनासा आएपछि मन्त्रालयले लाइसेन्स लिनैपर्ने व्यवस्था हटाएको हो । शिक्षा मन्त्रालयले केही दिनअघि यस्ता विषय पढाउन चाहने व्यक्तिलाई पाँच वर्ष म्याद राखेर अस्थायी अनुमतिपत्र दिने निर्णय गरेको हो ।

images
शिक्षा नियमावलीमा विद्यालय तहमा स्थायी तथा अस्थायी शिक्षक भएर पढाउन चाहनेले पनि अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने व्यवस्था छ । मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने,‘शिक्षा नियमावलीले जे भने पनि अहिलेका लागि केही विषयमा स्थायी शिक्षण लाइसेन्सबिना नै पढाउन दिने निर्णय गरिएको छ । यो निर्णयपछि शिक्षक अभाव हुने र अन्तिम परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुने समस्या समाधान हुने अपेक्षा मन्त्रालयको छ ।’
अहिले लाइसेन्स भएका शिक्षकले विज्ञान,गणित,अंग्रेजी,लेखा ,कम्प्युटरविज्ञानलगायत विषय पढाउन नसक्ने र पढाउन सक्नेसँग लाइसेन्स नभएपछि समस्या आएको छ । यी विषयमा स्थायी र लाइसेन्स प्राप्त पर्याप्त शिक्षक नहुँदा वार्षिक परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण हुँदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।