जिपि कोइराला मेमोरियल कलेजको प्रथम वार्षिकोत्सव सम्पन्न

जिपि कोइराला मेमोरियल कलेजको प्रथम वार्षिकोत्सव सम्पन्न

10432473_1577278685851872_4804104854994370561_n

कपन अनलाइन\माघ १८, २०७१

गिरिजाप्रसाद कोइराला मेमोरियल सामुदायिक कलेजको प्रथम वार्षीक साधारणसभा हालै सम्पन्न भएको छ ।  कलेजका अध्यक्ष तथा सभासद भीमसेनदास प्रधान अध्यक्षता गरेको वार्षिकोत्सव कार्यक्रममा   प्रमुख अतिथिको रूपमा पूर्व अर्थमन्त्री  शंकरप्रसाद कोइराला उपस्थित थिए । वार्षिकोत्सव कार्यक्रममा सभासदहरू गगन थापा,अशोक कोइराला, राजेन्द्र के.सी.,  लक्ष्मी राई, ओमदेवी मल्ल जोसी, दीपक कुइकेलसहित  इजिनियर एसोसियसनका अध्यक्ष ध्रुव थापा, नागरीक लगानी कोषका कार्यकारी निर्देशक  रामकृष्ण पोखरेल, वरिष्ठ पत्रकार तारानाथ दाहाल, चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठान वीर हस्पितलका कार्यकारी सदस्य डा. भुपेन्द्र कुमार वस्नेतलगायतका  अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

10926465_1577278499185224_529935736768290686_n

 

 

कार्यक्रममा कलेजको आजीवन सदस्य बनेका  पूर्व अर्थमन्त्री शंकर कोइरालालगायत १० जनालाई सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो  । यसैगरी पुस्तकालय विकासको लागि आव्हान समुहको तर्फवाट रवि मानन्धरलाई करिब ८०० थान पुुुस्तक आज नै हस्तान्तरण गरेकोमा सम्मान गरिएको थियो । । कार्यक्रममा शंकर कोइराला, ओमदेवी जोशी लगायत १० जना व्यक्तित्वहरुले यस कजेजका विद्यार्थीहरुलाई पूर्ण छात्रबृति उपलव्ध गराउन वार्षीक शुल्क बरारको रकम उपलव्ध गराउने प्रतिवध्दता गरेको कलेजका प्रमुख खिला सापकोटाले कपन अनलाइनलाई बताए । 

10620808_1577278345851906_3312228126552979352_n

तपाइँको प्रतिक्रिया ।