भारतबाट नेपालमा हुने कलको आधा शुल्क घट्यो

भारतबाट नेपालमा हुने कलको आधा शुल्क घट्यो

9585422_13039194271_large

कपन अनलाइन\माघ १७,२०७१
भारतबाट नेपालमा हुने कलको आधा शुल्क घटेको छ । नेपाल भ्रमणका क्रममा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा सम्बोधन गर्दै नेपाल—भारत कलको शुल्क घटाउन आग्रह गरेको केही समयपछि शुल्क घटेको हो ।

शुल्क घटेलगत्तै १९ रुपैयाँ २० पैसा लिइदै आएको शुल्क घटेर ९ रुपैयाँ २० पैसा भएको छ । नेपालबाट भारतमा कल गर्न भने जम्मा ३ रुपैयाँ मात्र लाग्ने गरेको छ । लामो समयपछि घटेको शुल्क दरले भारतमा रहेका नेपालीलाई ठूलो मद्दत हुने बताइएको छ । नेपाल टेलिकमका अध्यक्ष दिगम्बर झाले भने, “म आउने बित्तिकै भारतबाट नेपालमा हुने टेलिफोनको शुल्क घटाउन खोजेको भए पनि सबै पक्षसँग समन्वय गर्दा केही समय लागेको छ । नेपाली कम्पनीलाई टर्मिनेसन चार्ज र भारतीय कम्पनीलाई समेत शुल्क घटाउन लाएपछि आधी सस्तिएको हो ।”

नेपालबाट सस्तो शुल्कमा कल हुँदै आएको भएपनि भारतबाट नेपालमा गरिने कल ज्यादै महँगो थियो । नयाँ शुल्कसँगै भारतमा काम गरेर बसेका नेपाली नागरिकहरूलाई कल गर्न निकै सहज हुने ठम्याई सर्वसाधारणको रहि आएको छ ।

तपाइँको प्रतिक्रिया ।