विपक्षी आन्दोलनमा गए समाप्त हुन्छन् : मन्त्री बस्नेत

विपक्षी आन्दोलनमा गए समाप्त हुन्छन् : मन्त्री बस्नेत

भक्तपुर, १७ माघ । उद्योग मन्त्री महेश बस्नेतले एनेकपा—माओवादीसहितको मोर्चा आन्दोलनमा गए उनीहरुको अस्तित्व समाप्त हुने बताउनुभएको छ ।
नेकपा—एमाले सूर्यविनायक नगर कमिटी कार्यालयको आज उद्घाटन गर्दै उहाँले विपक्षीले गर्ने आन्दोलन, हड्तालमा अब जनताले साथ नदिने भएकाले द्वन्द्वको सीमालाई विपक्षीले नघटाए उनीहरुको अस्तित्व समाप्त हुने बताउनुभयो ।
संविधानसभा प्रक्रियामा गइसकेकाले अब ढिलोमा तीन महिनाभित्र संविधान जारी हुने दाबी गर्दै मन्त्री बस्नेतले विपक्षी दलहरु एक मधेस एक प्रदेशको नाममा विदेशीबाट आएको पैसा खाएर मुलुकलाई टुक्रयाउन लागिपरेको आरोप लगाउनुभयो ।mahesh_basnet
मुलुकको प्रगति, समृृद्धि र लोकतन्त्रको नेतृत्व एमालेले गरिरहेको चर्चा गर्दै उहाँले एमालेलाई कमजोर नठान्न विपक्षीलाई आग्रहसमेत गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले देशद्रोही र मुलुकको राष्ट्रियतामाथि आँच पु-याउनेका विरुद्धमा नेतृत्व गर्दै आउनुभएकाले केही व्यक्तिले अध्यक्षको पुत्ला जलाउँदैमा त्यसले कुनै अर्थ नराख्ने पनि उहाँको भनाइ थियो ।

तपाइँको प्रतिक्रिया ।