बङ्गलादेशले प्रमुख प्रतिपक्षी नेताको घरमा विद्युत् आपूर्ति रोक्यो

बङ्गलादेशले प्रमुख प्रतिपक्षी नेताको घरमा विद्युत् आपूर्ति रोक्यो

ढाका, १७ माघ । बङ्गलादेशका अधिकारीहरूले शनिबार प्रतिपक्षी नेता खालेदा जियालाई सरकारलाई प्रभावित बनाउने यातायात बन्द अन्त्य गर्न बाध्य बनाउन उहाँको घरमा विद्युत् आपूर्ति काटेको छ ।
स्थानीय टेलिभिजनले सरकारद्वारा सञ्चालित ऊर्जा आपूर्ति संस्थाका प्राविधिकलाई जियाको घरको बाहिरी भागमा भ¥याङ चढेर लाइन काटिरहेको देखाएको थियो । उक्त घरमा उहाँको कार्यालय पनि छ र उहाँ जनवरीको आरम्भदेखि सुरुभएको विरोध कार्यक्रमदेखि यहाँ रहनुभएको छ ।
ती प्राविधिकले लाइन काट्दै गर्दा पत्रकारलाई आफूले प्रहरीबाट यस विषयमा अनुमति प्राप्त गरेको बताए ।
निजी क्षेत्रमा सञ्चालित च्यानल २४ टेलिभिजनले उहाँको कार्यालयका इन्टरनेट तथा स्याटलाइट सम्पर्क पनि काटिएको जानकारी दिएको छ ।
यस विषयमा प्रहरी तथा ऊर्जा संस्थाबाट कुनै पनि टिप्पणी आएको छैन ।

bijuli
जियाको बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का प्रवक्ता समसुद्दिन दिदरले एएफपीलाई ६९ वर्षीया नेता यस ‘‘घृणित’’ कार्यबाट ‘‘स्तब्ध तथा छक्क’’ परेको बताउनुभयो ।
सरकारका एक मन्त्रीले उहाँले देशव्यापी यातायात अवरोध फिर्ता नलिए ऊर्जाको लाइन काटिने र उहाँलाई भोकै मर्न बाध्य बनाइने चेतावनी दिएको केही घण्टामै ऊर्जा आपूर्ति काटिएको थियो ।
स्थानीय डेली स्टार समाचारपत्रले जलयातायातमन्त्री साहजाहाँ खानले एक कार्यक्रममा शुक्रबार जियाका पार्टीका अधिकारीहरूले उपलब्ध गराएको खाना पनि उहाँको कोठासम्म पुग्न नदिइने र उहाँले भोकै मर्नुपर्ने चेतावनी दिएको उल्लेख गरेको छ ।
विवादास्पद आमनिर्वाचनको पहिलो वर्ष सम्पन्न हुँदा जनवरी ५ मा प्रधानमन्त्री सेख हसिनाको सरकारको विरोधमा आफ्नो समर्थकलाई प्रदर्शन गर्न लगाउने चेतावनी साथ जिया ढाकाको गुलसन जिल्लाको बजार क्षेत्रमा आफ्नो कार्यालयमा सीमित हुनुभएको छ ।
यस अवधिमा उहाँले देशव्यापी रूपमा सडक, रेल तथा जलयातायात बन्द गर्न आह्वान गर्नुभएको थियो । यसका कारण त्यहाँ घातक अस्थिरता उत्पन्न भएको छ र यसका कारण ४० व्यक्तिको मृत्युभएको छ भने करिब ८०० गाडीमा आगो लगाइएको वा क्षति पु¥याइएको छ ।
जियाले प्रधानमन्त्री हसिनाले गत वर्षको विवादास्पद निर्वाचनपछि नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । अघिल्लो वर्षको निर्वाचनमा धाँधली हुने भनी प्रतिपक्षी दलले त्यसलाई बहिष्कार गरेका थिए ।
उक्त बहिष्कारका कारण ३०० स्थानको संसदमा प्रधानमन्त्री हसिनाको विजय निर्वााध बनेको थियो । यसले उहाँलाई अर्को पाँच वर्षका लागि शासन उपलब्ध गराएको थियो ।
जियाले बीएनपी तथा उसका इस्लामी सहयोगी गाडीमा प्रहार गरिएका अग्निबमप्रति जिम्मेवार नभएको दाबी गर्दै त्यसका लागि पक्राउ गरिएका प्रतिपक्षी अधिकारी तथा नेतालाई रिहा गर्न माग गर्नुभएको छ ।
प्रधानमन्त्री हसिनाले जियाले अराजकता उत्पन्न गराउन प्रयास गरेको आरोप लगाउँदै सुरक्षा संस्थालाई प्रदर्शनकारीलाई पक्राउ गर्न आदेश दिनुभएको छ ।
शनिबार विशेष सुरक्षा बलले बीएनपीका प्रमुख नेता रिज्वी अहमदलाई ढाकामा पक्राउ गरेको छ । उहाँले लुकेर गाडीहरूमा अग्निबम प्रहार गर्न आदेश दिएको अरोप लगाइएको छ ।
बङ्गलादेशी उत्पादनको सबैभन्दा ठूलो बजार युरोपेली महासङ्घले प्रधानमन्त्री हसिनाको सरकार तथा प्रतिपक्षलाई वार्ता गर्न तथा सङ्कट समाधान गर्न आग्रह गरेको छ । एजेन्सी

तपाइँको प्रतिक्रिया ।