क्यान इन्फोटेकमा एकैदिन ७१ हजार बढीले अवलोकन गरे

क्यान इन्फोटेकमा एकैदिन ७१ हजार बढीले अवलोकन गरे

काठमाडौँ, १७  माघ । भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल÷इन्टेल बाई नियोटेरिक नेपाल’ प्रदर्शनीको शुक्रबार एकैदिन ७१ हजार ३३९ जनाले अवलोकन गरेका छन् ।
क्यान इन्फोटेकको आज तेस्रो दिन विशिष्ट व्यक्तित्वदेखि उच्च सरकारी अधिकारी एवम् कूटनीतिक नियोगका पदाधिकारीलेसमेत अवलोकन गर्नुभएको छ ।

IMG_20150128_172821
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पान्डे र नेकपा एमाले केन्द्रीय कमिटी सचिव प्रदिप ज्ञवालीले प्रदर्शनी भ्रमणमा पछिल्लो संस्करणका धेरै प्रविधि र उपकरणका बारे जानकारी लिनुभएको थियो ।
क्यान महासङ्घको आयोजनामा भएको क्यान इन्फोटेक प्रदर्शनीमा अवलोकनकर्ता बढ्दै गएका छन् । पहिलो दिन ४७ हजार ५३१ र दोस्रो दिन ५१ हजार ७३५ जनाले अवलोकन गरेको क्यान महासङ्घका महासचिव अमृत पन्तले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।