एमाले नेता पन्त भन्छन्–विदेशी चलखेलले सहमति हुन सकेन

एमाले नेता पन्त भन्छन्–विदेशी चलखेलले सहमति हुन सकेन

मकवानपुर, १७ माघ । नेकपा एमालेका पोलिटब्युरो सदस्य रघुजी पन्तले विदेशी शक्तिको चलखेलका कारण सविधान निर्माणमा सहमति हुन नसकेको दाबी गर्नुभएको छ ।

raghujee-panta
प्रेस चौतारी नेपाल मकवानपुरले आज हेटौंडामा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पन्तले भारतीय र युरोपियन देशहरुले खुलेरै एमाओवादी मोर्चालाई उचाल्दै हिडेकाले सहमति नभएको बतनुभएको हो । भारत तराई अलग गर्न र युरोपियन देशहरु नेपालमा जातियताको बिउ रोपेर आफ्नो साम्राज्य बिस्तार गर्न एमाओवादी मोर्चालाई गोटीको रुपमा प्रयोग गरिरहेको उहाँले जिकिर गर्नुभयो ।
एकीकृत माओवादी ठुलो शक्तिको रुपमा रहँदा पहिलो संविधानसभामा ११ प्रदेशमा एमाले का“ग्रेसले सहमति गरेको भएपनि अन्तत विदेशी शक्तिको दबावमा आफैले संविधानसभा बिघठन गरेको उहाले बताउनुभयो । नेता पन्तले दोस्रो संविधानसभा निर्बाचनले दिएको म्याण्डेट अनुसार सके सहमति नभए प्रक्रियाबाटै भएपनि सहमति जारि हुने बताउनुभयो ।
तीन तिहाई मत एक तिहाईको दवाबमा बसिरहन नसक्ने भन्दै देशको अखण्डतामाथि कुर्नै सम्झौता नहुने उहाले स्पष्ट पार्नुभयो । संविधान निर्माणको सन्दर्भमा राष्ट्रपतिले अनावश्यक हस्तक्षेप गर्न खोजको उहाको आरोप छ ।

तपाइँको प्रतिक्रिया ।