Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/gas-shortage-.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कपन तथा आसपासका क्षेत्रमा आज ग्यास वितरणहुदै

काठमाडौ, १७ माघ । नेपाल आयल निगमले आज पनि राजधानीको विभिन्न ठाउँमा ग्यास वितरण गर्ने भएको छ ।
निगमको तालिकाअनुसार आज कपन, चुच्चेपाटी, चाबहिल,पुरानो बानेश्वर लगायतका क्षेत्रमा ग्यास वितरण हुनेछ । ती क्षेत्रहरुमा यसअघि आफूले जुन बिक्रेताबाट ग्यास लिने गरेको त्यहींबाट मात्र लिन पाइने निगमले जनाएको छ ।

gas-shortage-

आफूसँग भएको सिलिण्डर मात्रै साट्न पाइने र ग्यासको मूल्य एकहजार ४ सय ७० रुपैयाँ पर्ने पनि निगमले जनाएको छ ।
यसअघि नेशनल ट्रेडिङबाट ग्यास वितरण गरेको ग्यास सहज बनाउन भन्दै त्यो स्थगित गरेर दोस्रो विकल्प शुरु गरेको हो । तर यसअघि पहिलो दिन तोकिएका क्षेत्रहरुका उपभोक्ताहरु ग्यास नपाएर रित्तै फर्किएको गुनासोहरु आएको थियो ।
निगमले भने सम्बन्धित क्षेत्रको घरधुरीको आधारमा ग्यास पुराउने दाबी गरेको छ । ग्यास नपाएको वा अन्य कुनै गुनासो भए निगमको कन्ट्रोल रुममा जानकारी गराउन पनि उपभोक्तालाई आग्रह गरेको छ । निगमले फोन नम्बर ४१००००७ मा फोन गरेर ग्यासका बारेमा आफूलाई परेको जानकारी गराउन भनेको छ ।

तपाइँको प्रतिक्रिया ।