कविता- ‘म भानुभक्त बन्न छु’

कविता- ‘म भानुभक्त बन्न छु’

कपन अनलाइन\माघ १७, २०७१ 10967044_836939253011802_134855997_n

कविता

म भानुभक्त बन्न छु 

-मदन कुमार चौहान

म भानुभक्त बन्न तत्पर छु
मेरो रम्घा म आफै बनाउन
मेरो घांसी म आफै बन्न
समय लाग्छ ।

तेहि समय त मेरो छैन
म अध्याँरो भबिस्यमा
नेपालको रामायण लेख्न आतुर छु ,
सब राम नै राम पाउँछु
रावण खोई !
सीता खोई !!

म फेरी सोच्छु,
सोधौ त कस्लाई सोधौ ?
बिदेशबाट फर्किएको मेरो दाई
मलाई अँगालो हालेर मूर्छा पर्छ !
म सोध्न सक्दिन किन
सीता भाउजु आफै जंगल पस्नु भो!
सायद अग्नि परीक्षा दिनु
आत्मा हत्या गर्नु हो भनेर !

म भानुभक्त बन्नु छ
रामायण लेख्नु छ ।

म फेरी रावणलाई खोज्छु
भेट्दिन,
विभिषण खोज्छु
मेरी आमै!!
सब विभिषण!!!
आफ्नै दाजु अनि बंशघाती
फेरी म हनुमान खोज्छु
यहाँ त हनुमान को पो रामहरु ले सेवा गर्दा रहेछन ,

म अब छक्क पर्दिन
म लब-कुसलाई खोज्छु
दाजु भाइको पनि डीएनए टेस्ट हुदै छ रे !!!
म कैकेयी आमालाई भेट्न जान्छु
प्रत्येक घऱमा भेट्छु
सबले सराप्छन्
सबले हेला गर्छन् 
आखिर उनको छोरो पनि त जंगल पसेर
रगतमा बसेर
तातो मरुभूमिमा
आफ्नो पसिना बगाउँदैछ ,
अनि आफ्नो शहरमा राखेकी
सीतालाई पैसा पठाउँछ ।
कौशिल्याको पनि त्यस्तै
यसो दशरथलाई खोजे
उनी त ३ बर्षीय छोरो
लाई तेते तेते गराउँदै छन्
फेरी कैकेयी !!!


म भानुभक्त बन्नुछ
रामायण लेख्नुछ ।
म अब छक्क पर्दिन ।



मैले यसो उत्तरमा हेरेँ
हिमाल मैलिएको देखेँ
यसो दक्षिणमा हेरेँ
तातो बारूद सल्किएको भेटेँ
म भानुभक्त बन्नुछ
मैले रामायण लेख्नुछ ………!!!


(सह-प्राध्यापक, कपन बहुमुखी क्याम्पस)

तपाइँको प्रतिक्रिया ।