नवदुर्गा स्वास्थ्य संस्थामा सुनित चालिसेको नेतृत्वको नयाँ कार्य समिति

नवदुर्गा स्वास्थ्य संस्थामा सुनित चालिसेको नेतृत्वको नयाँ कार्य समिति

IMG_8429

कपन अनलाइन\माघ १६, २०७१
बिभिन्न विषयले विवादित रहेको नवदुर्गा स्वास्थ्य संस्थाले आज एक कार्यक्रम गरी आफ्नो दोस्रो साधारणसभा तथा अधिवेशन गरेको छ । अधिवेशनले बिभिन्न प्रतिवेदन पास गर्नुको साथै आउँदो २ वर्षका लागि सुनित चालिसको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत छनौट गरेको छ । आज संस्थाको बुढानीलकण्ठ नगरपालिका वडा १४ फैकामा रहेको भवनमा आयोजना गरिएको साधारणसभा तथा अधिवेशनले नयाँ कार्यकालको लागि छनौट गरेको समितिको उपाध्यक्षमा पुरुषोत्तम नेपाल, सचिवमा पुस्कर चालिसे, कोषाध्यक्षमा राजुविक्रम थापा तथा सदस्यहरुमा अमृत बस्नेत, खगेन्द्र भट्टराई र रुपा थापा रहेका छन् ।

IMG_8403

 

अध्यक्ष पदमा सर्वसम्मत भएका सुनित चालिसे यस अघि संस्था कोषाध्यक्ष थिए भने सचिव पुस्कर चालिसे यस अघि पनि सचिव पदमै कृयाशिल थिए । कोषाध्यक्ष बनेका राजुविक्रम थापा यस अघि कार्य समितिको सदस्य पदमा कृयाशिल थिए । नयाँ अनुहारको रुपमा आएका उपाध्यक्ष पुरुषोत्तम नेपाल कपनमा कृयाशिल युवा समाजसेवीका साथैएजुकेसन रे नामका अनलाइन पत्रिकाका सम्पादक हुन् । त्यसैगरी सदस्यका रुपमा आएका अमृत बस्नेत सामाजिक क्षेत्रमा कृयाशिल युवा हुन् भने अर्का सदस्य खगेन्द्र भट्टराई स्वास्थ्यको क्षेत्रमा कृयाशिल व्यक्ति हुन् । एकमात्र महिला अनुहारको रुपमा सदस्य बनेको रुपमा थापा खेलकुद क्षेत्रको परिचित नाम हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानीलकण्ठ नगपालिका वडा नं. १२,१३ र १४ का संयुक्त सचिव श्याम अधिकारी उपस्थित थिए । ०६४ सालमा श्रीमद्भागवत महापुराण लगाएर नवदूर्गा मन्दिर छेवैको खाली जग्गामा कृयापुत्री भवन, वडा विकास समिति र निःशुल्क स्वास्थ्य केन्द्र निर्माण गर्न बनेको यस संस्थाको ४ तले सुविधा सम्पन्न भवन रहेको छ ।

IMG_8409 IMG_8405 IMG_8366

तपाइँको प्रतिक्रिया ।