फाल्गुण १ र २ मा मतदाता परिचयपत्रको टोली आउँदै

कपन अनलाइन\माघ १३, २०७१

आउँदो फाल्गुण महिनाको १ र २ गते छुट भएको मतदाताले परिचय पत्र बनाउनका लागि फोटो खिचाउन निर्वाचन आयोगले टोली पठाउने भएको छ । यसरी आएको निर्वाचन आयोगकोे टोलीसँग पहिला मतदाता परिचयपत्र बनाइसकेको तर बिभिन्न गल्ति भएर सच्याउन पर्ने भएका मतदाता परिचयपत्रहरुलाई सच्याउने कार्य पनि हुनेछ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १२, १३ र १४ का संयुक्त सचिव श्याम अधिकारीका अनुसार अझै धेरै मानिससँग मतदाता परिचयपत्र नभएको साथै कतिपयको मतदाता परिचयपत्रमा त्रुटी भएकोले यसरी निर्वाचन आयोग गाउँ गाउँमा सेवा दिन आउन लागेको हो ।

तपाइँको प्रतिक्रिया ।