बुढानीलकण्ठ नगरपालिकामा चालु आर्थिक वर्षको योजनाहरुको बजेट निकासा शुरु

कपन अनलाइन\माघ १३, २०७१

बुढानीलकण्ठ नगरपालिका बनेपछि यस क्षेत्रका ६ वटा गाविसमा रोकिएको योजनाहरुलाई कार्यान्वयन गर्न नगरपालिकाले सार्वजनिक सूचना गरेको छ । चालु आवमा यस नगरपालिकाको परिषद्ले छुट्याएको बिभिन्न शीर्षकको बजेटलाई कार्यान्वयन गर्न विषय अनुसार उपभोक्ता समिति बनाएर आउन नगरपालिकाले सूचना गरेको हो । उपभोक्ता समिति बनाएर वडा कार्यालयको सिफारिस लिई नगरपालिकामा सहमति गर्न जानका लागि सबै विनियोजित बजेट शीर्षकका सम्बन्धित पक्षलाई आव्हान गरिएको छ । संयुक्त वडा सचिव श्याम अधिकारीले कपन अनलाइनलाई बताए अनुसार यो प्रक्रिया शुरु भैसकेको हुँदा सबै सम्बन्धित पक्ष चाँडै योजना सहमति गर्न नगरपालिका जान अनुरोध छ ।

तपाइँको प्रतिक्रिया ।