जोरधारा खानेपानी संस्थाले माघ १७ गते बालउद्धारमा साधारणसभा गर्ने

जोरधारा खानेपानी संस्थाले माघ १७ गते बालउद्धारमा साधारणसभा गर्ने

1-जोरधारा

कपन अनलाइन\माघ १३, २०७१
साविक कपन गाविसका १००० घरमा खानेपानीको आपूर्ति गर्दै आएको जोरधारा खानेपानी संस्थाले आगामि माघ १७ गते आफ्नो चौथो अधिवेशन तथा ८ औं साधारणसभा गर्दैछ । बिहान ११ बजेबाट हुने कार्यक्रम बालउद्धार उच्च माविको प्रांगणमा हुने जनाइएको छ । यस अघि ओस्कार स्कूलमा हुने भनिएको कार्यक्रम बालउद्धारमा सारिएको होे । खुल्ला र बन्द सत्र गरी दुई चरणको कार्यक्रम आयोजना गरिने क्रममा खुल्ला सत्रमा बुढानीलकण्ठ नगरपालिकाका नवनियुक्त कार्यकारी अधिकृत प्रमुख अतिथि हुने संस्थाले जनाएको छ । अतिथि, पर्यवेक्षकबाहेक २३४ जना जोरधारा खानेपानी संस्थाको प्वाइन्ट प्रतिनिधिले साधारणसभा तथा अधिवेशनमा भाग लिने छन् । खानेपानीका क्षेत्रमा काम गर्ने सार्वजनिक संस्थाहरुमा देशकै ठूला संस्थामध्ये एक मानिने जोरधारा खानेपानी संस्थाले यो अधिवेशनबाट नयाँ नेतृत्व परिवर्तन गर्ने जनाइएको छ । करिब १२ वर्षदेखि खानेपानीको क्षेत्रका काम गरिरहेको यो संस्थामा हालसम्म डिल्लिप्रसाद ढकाल अध्यक्षको रुपमा क्रियाशिल छन् ।

तपाइँको प्रतिक्रिया ।