Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/ind3.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भारतले आज गणतन्त्र दिवस मनाउदै

माघ १२ ।  भारतले आज  गणतन्त्र दिवस मनाउदै छ । भारतको राजधानी नयाँदिल्लीमा सैनिक परेडसँगै बिभिन्न साँस्कृतिक झाँकी निकालिदै छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राजपथमा झण्डत्तोलन गर्ने र सलामी ग्रहण गर्ने र संक्षिप्त सम्वोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा अमेरिकी राष्ट्रपति वराक ओवामा प्रमुख अतिथि रहने छन् ।
त्यहाँ अनेकतामा एकताको सन्देश दिने खालका प्रस्तुती प्रदर्शन हुने भारतीय सन्चार माध्यमले जनाएका छन् । यसपटकको सैनिक परेडको मुख्य आकर्षण हलुका लडाकु विमान  रहने छ । ति लडाकु विमान भारतमै बनाइएका हुन् । गणतन्त्र दिवसको अवसरमा देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

India Republic Day
मुख्य मुख्य सहरका बिभन्न स्थानमा सीसीटीभि क्यामरा जडान गरिएको छ । साथै हवाई र स्थल गस्ती पनि बढाइएको छ । विशेष गरी पाकिस्तानसँग सीमा जोडिएको जम्मु र कास्मीरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । गाणतन्त्र दिवस भारतको राष्ट्रिय पर्व हो, जो हरेक वर्ष २६ जनवरीको दिन मनाइन्छ । यसै दिन सन १९५० को दिन भारतको संविधान लागू भएको थियो ।

सन १९२९को डिसेम्बरमा लाहौरमा भारतीय राष्ट्रिय कांग्रेसको अधिवेशन पण्डित जवाहर लाल नेहरूको अध्यक्षतामा भयो, जसमा प्रस्ताव पारित गरेर यस कुराको घोषणा गरिएको थियो कि यदि अङ्ग्रेज सरकार २६ जेनवरी, १९३० सम्म भारतलाई उपनिवेशको पद (डोमीनियन स्टेटस) प्रदान गर्दैन भनें भारतले स्वयंलाई पूर्ण स्वतंत्र घोषित गर्नेछ। २६ जेनवरी, १९३० सम्म जब अङ्ग्रेज सरकारले केही गरेन तब कांग्रेसले त्यस दिन भारतको पूर्ण स्वतंत्रताको निश्चयको घोषणा गरियो र सक्रिय आन्दोलन आरंभ गरियो। त्यस दिनदेखि १९४७मा स्वतंत्रता प्राप्त नभएसम्म २६ जेनवरीमा स्वतंत्रता दिवसको मनाइयो।
तदनंतर स्वतंत्रता प्राप्तिपछि वास्तविक दिन १५ अगस्टलाई स्वतंत्रता दिवसको रूपमा स्वीकार गरियो। २६ जेनवरीको महत्व बनाई राख्न संविधान सभा (कास्टीट्यूएंट असेंबली)द्वारा स्वीकृत संविधानमा भारतको गणतंत्र स्वरूपलाई मान्यता प्रदान गरियो।गणतन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै राष्ट्रपति मुखर्जीले सुशासन नै अहिलेको पहिलो आवश्यकता रहेको बताएका छन् ।
आजकै दिन २६ जनवरी सन् १९५० मा भारतमा मौजूदा संविधान जारी भएको थियो । सोही दिन सर्वसम्मतिबाट हरेक बर्ष २६ जनवरीमा ‘पूर्ण स्वतन्त्रता दिवस’ को रुपमा मनाउने सहमति भएको थियो । यसै अनुसार २६ जनवरी अघोषित रुपले भारतको स्वतन्त्रता दिवस बनेको थियो । त्यहीबेलादेखि प्रत्येक बर्ष २६ जनवरीको दिन भारतले गणतन्त्र दिवसको रुपमा मनाउने गर्दछ ।
तपाइँको प्रतिक्रिया ।