Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/kp1-264x165.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सभासद्लाई गाँउ जान ओलीको निर्देशन

कपन अनलाइन ,माघ १२- संविधानसभामा प्रस्ताव निर्माण समिति गठन गरिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनका लागि गाउँ जान आफ्ना सभासद्हरुलाई निर्देशन दिएका छन् ।

kp1

आइतबार संविधानसभाले समितिको प्रस्ताव पारित गरेपछि बसेको एमाले संसदीय दलको बैठकमा उनले सभासद्हरुलाई भने, ‘तपाइहरु पाँच दिनका लागि गाउँ जानुहोस्, जनताको माझमा हुनुहोस् ।’

‘गाउँगाउँमा जानुस् विपक्षीहरुले केही गर्न थाले, उदण्डता मच्चाउन थाले पुलिस, प्रशासन लगाएर उनीहरुलाई थुनाइदिनुस्,’ एमाओवादीलगायतको मोर्चाले ‘प्रतिकारात्मक’ अभियान चलाउने चेतावनी दिएको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले भने, ‘तर, सकभर प्रतिकारमा नजानुस् ।’

उनले संविधानसभा प्रक्रियामा गइसकेको हुनाले अब जसरी भएपनि संविधान बनेरै छोड्ने दावी गर्दै एमाले कहिल्यै पनि ढुलमुल नभएको स्पष्ट पारे । ‘अहिलेको राजनीति ‘बाघले बिरालो जिस्काएको जस्तै’ भएको छ,’ अध्यक्ष ओलले भने, ‘अब प्रक्रियामा गइसकेकाले राजनीति सही दिशामा अघि बढ्नेछ ।’

तपाइँको प्रतिक्रिया ।