अवकासप्राप्त न्यायाधीश र सेनाको सम्पति छानविन गर्दै अख्तियार

अवकासप्राप्त न्यायाधीश र सेनाको सम्पति छानविन गर्दै अख्तियार

कपन अनलाइ, माघ १२ /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकास पाएका न्यायाधीश, सेनाका उच्च पदस्थ अधिकारीहरुको सम्पति छानविन गर्ने भएको छ ।

अख्तियारका अनुसार कानुन सेवाका जिल्ला, पुनरावेदन, विशेषदेखि सर्वाेच्च अदालतमा काम गरेर सेवा निवृत्त भएका पूर्व न्यायाधीशदेखि नेपाली सेनाका पूर्व जर्नेलहरुको सम्पति छानविन तयारी भएको अख्तियार श्रोतले जनाएको छ ।

10900222_433567213459267_4650028694648365497_o

अख्तियारलाई सरकारको नीतिगत निर्णय, अदालत र नेपाली सेनाभित्र भएका अनियमितता हेर्ने अधिकार छैन । उसले सरकारसँग ती क्षेत्रमा ठूलोमात्रामा अनियमितता भएको भन्दै कार्यक्षेत्र बढाउन माग गरिसकेको छ । अख्तियारको मागको बेवास्ता भएपछि उसले आर्थिक चलखेल गरेर मुद्दाको फैसला गर्ने न्यायाधीशदेखि सेनाका जर्नेलसम्मको सम्पत्ति उनीहरु निवृत्त भएपछि छानविन थाल्ने गृहकार्य गरेको हो ।

अख्तियारको उच्च श्रोतले भन्यो, ‘केही दिनमै पूर्व न्यायाधीशदेखि सेनाका उच्च अधिकारीहरुको सम्पत्ति छानविन सुरु हुन्छ ।’ ‘अदालत र सेनाभित्र छानविन गर्ने निकाय नभएकोले मनखुसी भ्रष्टाचार र अनियमितता हुने गरेको छ, जसलाई रोक्न कै लागि पनि निवृत्त भएका न्यायाधीश र सैनिक कर्मचारीको सम्पत्ति छानविन गर्नु आवश्यक देखियो ।’ श्रोतले भन्यो, अख्तियारले छानविन थालेपछि भ्रष्टचारको अनुसन्धान हुने भन्दै बहालमा रहेका न्यायाधीश र सैनिक अधिकृतहरु सजग रहने छन् ।’

अख्तियारको गत वर्षको दिवश राष्ट्रपति डा रामबरण यादवले उद्घाटन गरेपछि अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकारले गर्ने नीतिगत निर्णय, अदालत र नेपाली सेनाभित्र भएका अनियमितता र भ्रष्टाचार छानविन गर्न आयोगलाई दिनु पर्ने तर्क राखेका थिए ।

अख्तियारले प्रमुख आयुक्तको भनाइअनुसार नै क्षेत्राधिकार बढाउन गरेको माग सरकारले अझै सुनुवाई गरेको छैन । सरकारले क्षेत्राधिकार नबढाएकोले अख्तियारले विकल्प खोज्दै सेवा निवृत्त भएका न्यायाधीश र सैनिकका उच्च अधिकारीले भ्रष्टचार गरेर जोडेको सम्पत्ति छानविनको दायरामा ल्याउन लागेको हो ।

तपाइँको प्रतिक्रिया ।