‘विप्लव’ नेतृत्वको माओवादीहरुले भ्रष्टाचारीहरुको सूची तयार गर्ने

‘विप्लव’ नेतृत्वको माओवादीहरुले  भ्रष्टाचारीहरुको   सूची तयार गर्ने

रोल्पा, ९ माघ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीहरुले  भ्रष्टाचारीहरुको लामो  सूची तयार गर्ने भएको छ ।

भ्रष्टाचारीमाथि जनकारबाही गर्ने भन्दै चन्द माओवादीले सूची तयार गर्न लागेको हो । केन्द्रीय सदस्य सन्तोष बुढामगरले गृहजिल्ला रोल्पा सदरमुकाम लिवाङमा आज  भएको पत्रकार सम्मेलनमा भ्रष्टाचारीलाई नछाडिने चेतावनी दिएकाछन्  ।

santosh-budha

‘भ्रष्टाचारीहरुको सूची तयार गरिरहेका छौं’, उनले भने, ‘भ्रष्टहरुको सम्पत्ति छानबिन गरी उनीहरुमाथि कारबाही गर्छौ ।’बुढामगरले भ्रष्टाचारीहरुको नाम भने सार्वजनिक गरेनन् ।

तपाइँको प्रतिक्रिया ।