रहेन्न साउदी अरबका राजा अब्‍दुल्‍लाह, ९० वर्षको उमेरमा निधन

रहेन्न साउदी अरबका राजा अब्‍दुल्‍लाह, ९० वर्षको उमेरमा निधन

साउदी अरेविया,९ माघ । साउदी अरबका राजा अब्‍दुल्‍लाहको ९० वर्षको उमेरमा निधन भएको छ। निमोनियाबाट पिडित अब्‍दुल्‍लाहको उपचारको क्रममा निधन त्‍यहाको राजदरबारले  बताएको समाचार बीबीसीले जनाएको छ। उनको निधनसँगै भाई सलमान राजा भएका छन्। ७९ वर्षीय उनी राजगद्दीको उत्तराधिकारी सम्‍हालेका छन्।

abdullah

सलमान राजा घोषणा हुनु अगाडि  राजा अब्‍दुल्‍लाहको निधनमा साउदी टेलिभिजनको कोरानिक भर्स काटिएको थियो। उनका कान्छा भाई मुकरिन ६० वर्षकै उमेरमा बितेका थिए, उनलाई पनि राजकुमार घोषणा गरिएको बताइएको छ। आधुनिक साउदी बनाउने राजा अब्‍दुलाजिज (जो सन १९५३ मै बितेका थिए।) का यी तीनै तीन छोराहरुले इबन साउदको रुपमा उनलाई उल्‍लेख गरेका थिए। उनको निधनमा अमेरिकी राष्ट्रपति बाराक ओबामा लगायत विश्‍वभरका नेताहरुले दु:ख व्‍यक्त गरेका छन्।

तपाइँको प्रतिक्रिया ।