संसदवादी दलहरूले सत्ता कब्जा गर्न खोजेको विप्लवको आरोप

संसदवादी दलहरूले सत्ता कब्जा गर्न खोजेको विप्लवको आरोप

कपन अनलाइन\माघ ८, २०७१

नेकपा माओवादीका संयोजक नेत्र विक्रम चन्द ‘विप्लव’ ले एक पत्रकार सम्मेलनमा बोल्दै सत्तामा आसीन प्रमुख दलहरूले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् । प्रक्रियामा जाने भन्दै संविधान सभा भित्र रहेका र बाहिर रहेका दलहरूलाई समेत पाखा लगाई नितान्त व्यक्तिगत तवरले सत्ता कब्जा गर्न खोजेको भन्दै विप्लव यदि त्यस्तो हुन गएमा नेपाली जनता चुप लागेर नबस्ने बताएका थिए । प्रमुख विपक्षीका रुपमा संविधानसभा भित्र रहेका राजनीतिक दललाई संविधानसभा त्यागेर संघर्षमा उत्रिन आग्रह गरेका विप्लवले संविधानसभा भंग गर्नुपर्ने माग राखेका थिए ।

NETRA-BIKRAM-CHAND-BIPLOV_20141126062555_20141126070716

पत्रकार सम्मेलनपछि प्रकाशित विज्ञप्ति अनुसार एमाओवादी लगायतका दलहरू साँच्चिकै संघर्षमा उत्रिन तयार भए संविधानसभा छाडेर आउन आग्रह गरिएको छ । कुनै दलविशेषको संविधान लेख्न संविधानसभा गठन नभएको भन्दै विप्लवले नेपाली जनताको संविधान लेख्ने भए नयाँ सहमतिसहितको राष्ट्रिय राजनीतिक सभा गठन गर्नुको विकल्प नहुने बताएका थिए ।

पार्टी प्रवत्ता खड्ग बहादुर विश्वकर्माले जनताको अधिकारको सुनिश्चित गर्न, देशलाई निकास दिन, सम्बृद्धितिर लैजान सत्ता कब्जा गर्ने संविधान घातक हुने भन्दै आन्दोलनमार्फत् अघि बढ्न प्रतिपक्षी दलहरूलाई समेत आग्रह गरे । आफूहरूले संविधान सभा त्यागुको कारण माघ ८ आफैँले पुष्टि गरेको दाबी उनले गरे । सत्तापक्षीय दलहरूले एकपक्षीय रुपमा अघि बढेर देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको बताउँदै उनले यसबारे सजग हुन समस्त राजनीतिक दलहरूलाई आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।