पत्रकार टंक पन्तलाई अग्नि सापकोटाले आक्रमकरुपमा धम्कि दिए

पत्रकार टंक पन्तलाई अग्नि सापकोटाले आक्रमकरुपमा धम्कि दिए

10407501_10203673878313116_2177777117512947287_nकपन अनलाइन\माघ ८, २०७१
पत्रकार टंक पन्तलाई एमाओवादी नेता अग्नि सापकोटालाई हिसाब किताब गरेर नछाड्ने धम्कि दिएका छन् । आज दिउँसो संबिधानसभा भवनमा १० पोका खुर्सानीको धुलो भेटिएपछि संसदभित्र छिर्ने सभासदहरुलाई कडाइका साथ चेकिङ हुन थालेपछि एकाएक आक्रोशित भएका सभासद सापकोटाले पत्रकारहरुसँग ‘विपक्ष दलका सभासद्लाई अपराधी जस्तै खानतल्लासी गरियो । तर, सत्ता पक्षकालाई सेल्यूट हानेर भित्र पठाइयो’भने । सापकोटाले यसो भनेपछि नेपाल समाचार पत्रका सम्पादकसमेत रहेका पत्रकार टंक पन्तले ‘होइन नेताज्यू, सवै सभासद्, मन्त्री र पूर्वप्रधानमन्त्रीलाई कठा चेकजाँच गरेको देखौँ त हामीले ? भन्दा सभासद सापकोटा उनीतिर खनिएका थिए । सापकोटाले पन्तलाई आक्रमकरूपमा धम्कि दिँदै ‘तपाईहरुले लेखेको पनि हामीले हेरेका छौ, यसको हिसाव किताव पछि गरिन्छ, त्यसै छाडिदैन ।’ भने । बेलाबेलामा आक्रोशित टिप्पणी तथा ब्यबहारका चर्चामा आइरहने सभासद सापकोटा पूर्व संचारमन्त्रि पनि हुन् ।

तपाइँको प्रतिक्रिया ।