वडा नं. १२, १३ र १४ को सभापतिमा घिमिरे, कार्की र सापकोटा

कपन अनलाइन\माघ ८, २०७१
कपन गाविस बुढानीलकण्ठ नगरपालिका भैसकेपछि कपनलाई समेटिएको वडा नं. १२, १३ र १४ मा बिभिन्न राजनीतिक दलहरुले आफ्नो संगठनलाई नयाँ ढाँचामा विकास गर्न थालेका छन् । पार्टीहरुले नगर कमिटि यस अघि नै बनाई सकेका छन् ।
नेपाली कांग्रेसले साविक कपन गाविस समेटिएको बुढानीलकण्ठ नगरको वडा नं. १२, १३ र १४ लगायत सबै वडाका वडा सभापतिहरु चयन गरेको छ । आज बसेको नेका क्षेत्र नं. ४ कमिटिले नगरपालिकाका सबै वडाहरुमा वडा सभापित चयन गरेको हो । कपनका तीनवटा वडाहरु वडा नं. १२, १३ र १४ मा नेपाली कांग्रेसले क्रमश नारदमणि घिमिरे, राधेश्याम कार्की र टंक सापकोटालाई वडा सभापतिको रुपमा चयन गरेको छ । घिमिरे, कार्की र सापकोटा तीनैजना यस अघि पनि कपनको नेपाली कांग्रेसका कृयाशिल स्वभावका व्यक्ति हुन् । टंक सापकोटा सावि कपन गाउँ कमिटिका उपसभापति हुन् ।

तपाइँको प्रतिक्रिया ।