फेसबुकले बोल्दा टाइप हुने प्रविधिको सुरु गर्दै

फेसबुकले बोल्दा टाइप हुने प्रविधिको सुरु गर्दै

कपन अनलाइन\२०७१ माघ ६\

फेसबुकमा टाइप गर्न नजान्नेले पनि च्याट गर्न सक्ने भएका छन् । आजभन्दा अघि टाइप गर्न नजान्नेलाई भिडियो कलबाट मात्र च्याट सम्भव हुने भएपनि अब चाँडै नै फेसबुकले बोलेको भ्वाइस टाइप हुने प्रविधि ल्याउन लागेको हो ।

Facebook

 

भर्खरै मात्र ‘भ्वाइस टु टेक्ट’ प्रविधिको परीक्षणको लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । परीक्षण समयमा उक्त प्रविधि सानो समूहलाई सार्वजनिक गर्ने भएपनि त्यसपछि भने सबैले यसको उपभोग गर्न पाउने भएका छन् ।

 

यसअघि फेसबुकले च्याट भ्वाइस क्लिप पठाउन मिल्ने व्यवस्था गरेको भएपनि यो अन्य एप्सहरूले प्रयोग गरिसकेका थिए । वाट एप्स, भाइबर, मेसेन्जर जस्ता माध्यमबाट भ्वाइस क्लिप पठाउन मिले पनि भ्वाइस टु टेक्टको प्रविधि भने अहिलेसम्म आइसकेको छैन । फेसबुक म्यासेन्जर एपको प्रयोग गरि यो सेवाको उपयोग गर्न सकिने जनाइएको छ । यस सुविधाअन्तर्गत कुनै साथीले पठाएको भ्वाइसलाई टेक्टमा कन्र्भट गरी हेर्न सकिनेछ ।

 

तपाइँको प्रतिक्रिया ।