काठमाडौंको सुरक्षा स्थिति देखाउँदै बेलायती भिजा आवेदन केन्द्र बन्द

काठमाडौंको सुरक्षा स्थिति देखाउँदै बेलायती भिजा आवेदन केन्द्र बन्द

imgresकपनअनलाइन/माघ ६– काठमाडौँ स्थित बेलायती राजदुतावासले काठमाडौंको सुरक्षा स्थितिको कारण देखाउँदै आफ्नो भिजा आवेदन केन्द्र माघ ६ गते मंगलबार २४ घण्टाको लागि बन्द गरेको छ ।
दुतावासले आफ्नो फेसबुक पेज मार्फत काठमाडौंको सुरक्षा स्थितिले गर्दा बेलायती भिजा आवेदन केन्द्र बन्द गर्नुपरेकाले सम्बन्धित पक्षलाई पर्न गएको असुविधाप्रति माफी समेत मागेको छ ।
उसले माघ ६ गतेका लागि बेलायती भिजा आवेदन केन्द्रमा समय लिएका आवेदकलाई पछि उपयुक्त समय मिलाएर फेरि समय तोक्ने पनि बताएको छ ।

तपाइँको प्रतिक्रिया ।