विप्लव माओवादीले गर्यो हिमाल ग्याँस कब्जा

विप्लव माओवादीले गर्यो हिमाल ग्याँस कब्जा

कपन अनलाइन/ ५ माघ- नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा माओवादीले ललितपुरको ग्वार्को स्थित हिमाल ग्याँसको मुख्य डिपोबाट करिब ५ हजार ग्याँस सिलिण्डर कब्जा गरी झण्डै २ हजार सिलिण्डर सार्वसाधारणलाई निःशुल्क बाँडेको छ ।

कालोबजारी गरेर ग्याँस लुकाएकाले कारबाही गरिएको माओवादी केन्द्रीय सदस्य सुदीप मल्लले जानकारी दिए । मल्लले पछिल्लो समय ग्याँसमा कालोबजारी देखिएकाले आफूहरुले यस्तो गरेको बताए । उनले भने–‘अब तस्कर र भ्रष्टाचारीलाई कारबाही सुरु भयो ।’

उक्त स्थानमा ग्याँस भएर पनि लुकाएको र कालोबजारी गरेको आरोप सहित माओवादी नेवाः राज्य समितिको पर्चा समेत भेटिएको छ ।

तपाइँको प्रतिक्रिया ।