विद्यार्थी संगठनहरुले दिए चेतावनी

विद्यार्थी संगठनहरुले दिए चेतावनी

काठमाडौँ । नौ विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै सरकारलाई अल्टिमेटम दिएका छन् । उनीहरुले जारी गरेको विज्ञप्ति तल छ : संयुक्त प्रेस नोट
मुलुकमा क्रियाशिल विद्यार्थी सघ÷ संगठनहरुको ०७१ माघ ३ गते अनेरास्ववियुको कार्यालयमा बागवजारमा बसेको बैठकले गरेका निर्णयहरुः

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसहरुमा स्नातकोत्तर तह प्रथम वर्षमा २४ घण्टा भित्र बार्षिक प्रणालीमा भर्ना खोलियोस साथै विश्वविद्यालयको एकेडेमिक क्यालेण्डर व्यवस्थित गरियोस जसमा भर्ना अवधि, नियमित कक्षा सञ्चालन, समयमा कोर्ष पुरा गर्ने, परिक्षा लिने र त्यसको नतिजा प्रकाशित गर्ने, विद्यार्थी र प्राध्यापकहरुलाई नियमीत गर्ने देखि क्यालेण्डरमै स्ववियु निर्वाचनको निश्चित मिति निर्धारण गर्न माग । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सहज रुपमा सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता ।

नेपालको शैक्षिक जगतमा देखिएको अन्यौलता, अराजकता र तदर्थतालाई सम्बोधन गर्न मुलुकको “राष्ट्रिय शिक्षा नीति” निर्माणको दिशामा पहल गर्न र नीतिविहिन र योजनाविहिन रुपमा विश्वविद्यालय खोल्ने र कलेज सम्बन्धन दिने प्रक्रियालाई स्थगन गर्न नेपाल सरकारसँग जोडदार माग । व्यवस्थापिका संसदमा अड्किएको “खुला विश्वविद्यालय ऐन” पारित गर्न पनि नेपाल सरकार र माननीय सांसद÷सभासद ज्युहरुको गंभिर ध्यानाकर्षण ।

विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद लगायतका शैक्षिक क्षेत्रमा हुने नियुुक्तिहरु दलगत भागवण्डाका आधारमा होइन, विषयगत विज्ञता र स्वस्थ प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने माग ।

पेट्रोलीयम पदार्थको मुल्य समायोजन, भण्डारण र कालाबजारियाद्वारा गरिएको कृतिम अभावको अवस्थाप्रति सरकार र निगम संवेदनशिल नभएकोले सडक आन्दोलनमा जाने वातावरण नबनाउन चेतावनी ।

सार्वजनिक यातायातको दुरी खण्डीकरणको लागि सरकारले मागेको १२ दिन पुरा भई १५ दिन लाग्दा पनि कार्यान्वयन नभएकोले २४ घण्टाभित्र कार्यान्वयन गर्न सरकारलाई अल्टीमेटम दिने निर्णय ।

सम्पूर्ण राजनीतिक दलहरुलाई मुलुकको संक्रमणकालिन अवस्थालाई लम्विन नदिइ यथाशिघ्र उपयुक्त निकास दिन तथा राष्ट्रिय हितलाई ध्यानमा राखि सहमतिका साथ अगाडि बढ्न अपिल ।

पोखरा विश्वविद्यालयमा विभिन्न शिर्षकमा भएको शुल्क वृद्धि विरुद्धको विद्यार्थी आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दछ र विश्वविद्यालयले यथाशिघ्र विद्यार्थीको माग पुरा गरी निर्धारित समयमै परिक्षा संचालन गर्न जोडदार माग ।

आजको बैठकमा सहभागी विद्यार्थी संगठनहरुः
१. किशोरबिक्रम मल्ल अध्यक्ष अनेरास्ववियु
२. रमेश मल्ल संयोजक अनेरास्ववियु(क्रान्तिकारी)
३. युपि लामीछाने प्रवक्ता नेविसंघ
४. शरद रसाईली अध्यक्ष अखिल(क्रान्तिकारी)
५. रत्न ढकाल महासचिव अखिल(क्रान्तिकारी)
६. कपलेश्वर यादव अध्यक्ष मधेशी विद्यार्थी फोरम (लोकतान्त्रीक)
७. घनश्याम मिश्र संयोजक अखिल(पाँचौं)
८. विमल पोखरेल महासचिव अखिल(छैठौं)
९. धनेश्वर शाही महासचिव राप्रविसं

तपाइँको प्रतिक्रिया ।