Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/DSC_2237.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/DSC_2312.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कपनमा सोनाम ल्होछार भव्य रुपमा मनाइयो (फोटो फिचर )

कपन तामाङ्ग ल्होछार आयोजक समाजको आयोजनामा माघ ३ गते शनिबार बालउद्धार स्कूल पछाडिको चौरमा सोनाम ल्होछार कार्यक्रम भव्य रुपमा मनाइएकोे छ ।

DSC_2237

DSC_2299 DSC_2302 DSC_2312
यहि माघ ७ गतेको सोनाम ल्होछारको पूर्व सन्ध्यामा कपनमा सो कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वमन्त्री एंव एमाओवादीका केन्द्रीय सदस्य हितमान तामाङ्ग रहेका थिए भने बुढानीलकण्ठ नगरपालीकाका स्थानीय नेताहरु पनि शुभकामना बाड्न उपस्थित भएका थिए ।
विगत ५ वर्षदेखि बुढानीलकण्ठ नगर आसपासका मानिसहरु ल्होछारको पूर्वसन्ध्यामा भेला भई एक अर्कामा शुभकामना बाँड्ने कार्यक्रमको निरन्तरतामा यसपाली पनि यो कार्यक्रम भएको थियो । तामाङ्ग सँस्कृतिको संरक्षण र प्रर्वधन गर्न गरिएको उक्त कार्यक्रममा तामाङ्ग सँस्कृति झल्कने विभिन्न झाँकी, भेषभुषा आदि प्रर्दशन गरिएको थियो । सांगितिक प्रस्तुति पनि रहेको कार्यक्रम दिउँसो १२ बजे शुरु भई साँझ ५ बजेसम्म चलेको थियो । कार्यक्रमा हजारौँ जनमानसको सहभागिता रहेको थियो ।

कार्यक्रमका संयोजकहरु स्थानीय रुपमा सानुभाईका नामले परिचित आईते लामा र कर्ण तमाङ्ग रहेका थिए भने मिडिया साझेदारका रुपमा कपन अनलाइन रहको थियो ।

तपाइँको प्रतिक्रिया ।