Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/charlie-hebdo-cover.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सम्पादक मारिएपछि चार्ली हेब्दोको उन्नाइस लाख प्रति बिक्री

पेरिस, ४  माघ । फ्रान्सेली व्यङ्ग्यात्मक पत्रिका चार्ली हेब्दोको पछिल्लो संस्करण १९ लाख प्रति बिक्री भएको छ भने यसले धर्मगुरु मोहम्मदको नयाँ व्यङ्ग्यचित्र प्रकाशन गरेकोमा विश्वभरका मुसलमान समुदायले विरोध जनाएका छन् । छपाइमा समस्या परेकाले वितरणमा पनि समस्या देखिएको छ । हालसम्म दुई लाख ३० हजार प्रति तयार हालतमा रहेको छ र १० लाख प्रति जहाजबाट बाहिर पठाइँदैछ । उक्त जानकारी पत्रिकाका वितरक एमएलपीले दिएको हो । एमएलपीले प्राविधिक समस्या समाधान भएको र सोमबार वितरण सामान्य हुने जानकारी दिएको छ ।

FRANCE-ATTACKS-CHARLIE-HEBDO-MEDIA-FRONTPAGE

दुई इस्लामी बन्दुकधारीले चार्ली हेब्दोको पेरिसस्थित कार्यालयमा जनवरी ७ मा प्रवेश गरी १२ व्यक्तिको हत्या गरेपछिको यो पहिलो संस्करण हो । उनीहरूले यस पत्रिकाले यसअघि प्रकाशन गरेको मोहम्मदको व्यङ्ग्यचित्रको बदला लिइएको दाबी गरेका थिए । मोहम्मदको व्यङ्ग्यचित्र प्रकाशन गर्नु धेरै मुसलमानका लागि गहनरूपमा आक्रमण जस्तो देखिन्छ । यस संस्करणलाई ‘‘बाँचेकाहरूको संस्करण’’ (सर्भाइभर्स इस्यु) भनिएको छ उनीहरूले कुनै पनि सीमाविहीन रूपमा निडर भएर यसलाई प्रकाशन गरेका छन् । यस संस्करणमा मोहम्मदलाई सेतो तर्वानमा ‘म चार्ली हुँ’ (ज स्वी चार्ली) भन्ने सङ्केत लिएको अवस्थामा देखाइएको छ । त्यसको तल ‘‘सबैलाई माफ गरिएको छ’’ भन्ने उल्लेख गरिएको छ ।

यस पत्रिकाले शुक्रबार अर्को दश लाख प्रति प्राप्त गरेको थियो र राम्रैसँग बिक्री भइरहेको जानकारी दिएको छ । यसपटक भने अघिल्लो दुई दिनजस्तो पाठकको प्रतिक्रिया देखिएको छैन । बुधबार र बिहीबार फ्रान्सका २७ हजार पत्रिका बिक्री केन्द्रमा यस पत्रिकाका सबै प्रति केही घण्टामै बिक्री भएका थिए । पत्रिका बिक्रेताहरूले १२ लाख प्रति ती दिन बिक्री गरेका थिए । यसका अतिरिक्त कम्पनी, संस्था तथा समुदायहरूले सयौँ प्रति खरिद गरेका छन् । पेरिसका रङ्गमञ्चले २५ हजार प्रति वितरणका लागि लिएका थिए भने एयर फ्रान्सले आफ्ना यात्रुलाई वितरणका लागि दशौँ हजार प्रति लिएको एमएलपीले जानकारी दिएको छ । यस पत्रिकाका एक लाख ५० हजार प्रति विदेश पठाइएको छ ।

जर्मनी सबैभन्दा ठूलो ग्राहक बनेको छ । एमएलपीले सोमबारसम्म ५५ हजार प्रति त्यता पठाउने छ । यस पत्रिकाका जम्मा ५० लाख प्रति छापिनेछ र आउँदा सातासम्म यसको वितरण निरन्तर रहनेछ । आक्रमणपूर्व यस पत्रिकाको ६० प्रति छापिने गरिन्थ्यो । चार्ली हेब्दोले एउटा सफ्टवेयर तयार गरेको छ र त्यसमार्फत पाठकले यो पत्रिका डाउनलोड गर्नसक्छन् । यस पत्रिकाको प्रधान सम्पादक स्टिफेन सार्बोनियर अर्थात व्यङ्ग्यचित्रकार चार्बको शव शुक्रबार अन्त्येष्टि गरिएको छ । फ्रान्सका सबैभन्दा मन पराइएका व्यङ्ग्यचित्रकार जर्जिज विलिन्सकी तथा बर्नार्ड भार्लह्याक, स्तम्भकार एल्सा कायत, प्रहरी फ्र्याङ्क ब्रिन्सोलारो, अर्थशास्त्री बर्नार्ड म्यारिस तथा मुस्ताफा औराडका शव बुधबार र बिहीबार अन्त्येष्टि गरिएका थिए । एजेन्सी

तपाइँको प्रतिक्रिया ।