Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/Team-Nepal.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

आज नेपाल युगान्डाग खेसँल्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ आजदेखि नामिबियामा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले युगान्डाग खेसँल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुँदैछ । पारस खड्काको कप्तानीमा रहेको नेपालले यसअघि नेपालमा राम्रो बन्द प्रशिक्षण गरेको थियो भने दक्षिण अफ्रिकामा पहिलोपटक तीन अभ्यास खेल खेलेको थियो ।
Team-Nepal

खड्काले अलराउन्ड प्रदर्शन सशक्त पार्दा टिमका नयाँ अनुहार तीव्र गतिका बलर करन केसीले ‘डेब्यु’ गर्ने लगभग पक्का भएको छ । राम्रो तयारीका साथ नामिबिया पुगेको नेपाल एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो फड्को मार्ने अभियानमा छ ।

कप्तान खड्काले तयारी राम्रो भएकाले उपाधि जितेरै नेपाल फर्किन खेलाडीहरु आतुर रहेको प्रतिक्रिया दिएका छन् । प्रतियोगितामा नेपाल र युगान्डासँगै नामिबिया, केन्या, नेदरल्यान्ड्स र क्यानडा छन् । प्रतियोगिताको विजेता र उपविजेता डिभिजन–१ मा पुग्ने छन् ।

तपाइँको प्रतिक्रिया ।