तारेभिर महोत्सव सम्पन्न

तारेभिर महोत्सव सम्पन्न

कपन अनलाइन\माघ १, २०७१

तारेभिर महोत्सव भब्यताका साथ सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ७ अन्तर्गत पर्ने तारेभिरमा पर्यटनको विकास मार्फत जनताको आर्थिक स्थिति सुदृढ बनाउने अभियानको थालनी गर्न र रक क्लाइमिङ केन्द्रको रुपमा विकास गर्न  महोत्सव आयोजना गरिएको थियो ।

10917409_803564283062087_5075909354801262841_n

 

 

महोत्सवमा  उपस्थित हुन नसके पनि प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी ओलीले महोत्सवको सफलताको कामना फोन मार्फत गरेका थिए । कार्यक्रममा उपस्थित  स्वस्थ्य तथा जनसंख्या मन्त्री श्री खगराज अधिकारी, सभासदहरु, प्रमुख जिल्ला अधिकारी, काठमाडौं जिल्लाका स्थाननीय विकास अधिकारी, राजनीतिक दलका प्रतिनिधीहरू, पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधीहरूका साथमा   हजारौं जनसमुदायहरु उपस्थित थिए । यस महोत्सवबाट  पर्यटनमार्फत आर्थिक विकासको आजबाट थालनी अनुमान गरिएको छ । कार्यक्रम आयोजकको तर्फबाट सभासद रामेश्वर फुयाँलले महोत्सव सफल भएको जनाएका छन् । फुयाँलले आगामी दिनमा समेत साथ र सहकार्य को समेत अपेक्षा गरेको बताउँदै सबैलाई धन्यवाद दिएका थिए ।

(फोटो तथा समाचार श्रोतः सभासद रामेश्वर फुयाँलको सामाजिक संजाल )

तपाइँको प्रतिक्रिया ।