Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/cristiano-ronaldo_416x416.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

फिफा वर्ष खेलाडीको उपाधि रोनाल्डोको पोल्टामा

कपन अनलाइन\पुस ३०, २०७१

पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले तीनपल्ट फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । फिफा वर्ष खेलाडीमा बार्सिलोनाका अर्जेन्टेनी फरवार्ड लियोनेल मेसीको रेकर्डलाई तोडेका स्पेनिस क्लब रियल म्याड्रिका हस्ती रोनाल्डोले बेलन डे‘आर लगातार जितेको भने यो दोस्रो वर्ष हो । रियल म्याड्रिडले किर्तिमानी १० औँ पटक च्याम्पियन्स लिग जित्दा महत्वपूर्ण योगदान गरेका पोर्चुगली स्टार रोनाल्डाले वर्ष खेलाडी जित्दा जर्मनका गोलकिपर म्यानुएल नोए दोस्रो स्थानमा रहे । फिफा विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्नुका यसै सिजनबाट रियाल म्याड्रिडमा अनुबन्धित कोलम्बियाका खेलाडी जेम्स रोड्रिगेजले उत्कृष्ट वर्षको उत्कृष्ट गोलको अवार्ड जिते ।

cristiano-ronaldo_416x416

 

जुरिचमा आयोजित भव्य अवार्ड कार्यक्रममा उत्कृष्ट प्रशिक्षकमा जर्मनी प्रशिक्षक जोचिम लोउ छानिए । पहिलोपल्ट म्यानचेष्टर युनाइटेडमा हुँदा वर्ष खेलाडी पाएका क्रिस्चियानो रोनाल्डोले यसवर्षको बेलन डे‘आर अवार्ड थाप्दै गर्दा आफ्ना घरपरिवार र साथीलाई सम्झँदै आँसु बगाएका थिए ।

तपाइँको प्रतिक्रिया ।