माघ १४ बाट क्यान इन्फोटेक 

माघ १४ बाट क्यान इन्फोटेक 

can-infotech-2012कपन अनलाइन\पुस ३०, २०७१

कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान महासंघ)ले आयोजना गर्दै आइरहेको क्यान इन्फोटेक यो वर्ष माघ १४ गतेदेखि सुरु हुने जनाइएको छ । क्यान महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी माघ १४ गतेदेखि माघ १९ गतेसम्म क्यान इन्फोटेक चल्ने जानकारी गरायो ।

 

सूचना र प्रविधिका नयाँ आविष्कारहरूबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सुरु गरिएको क्यान इन्फोटेकको २१ औँ संस्करण ६ दिन लामो रहनेछ । सुविसुले मुख्य प्रयोजन गर्न लागेको इन्फोटेकको नाम सुविसु क्यान इन्फोटेक २०१५ रहने पनि महासंघले जनायो । पछिल्लो समय सर्वसाधारणको इन्फोटेक मेलाप्रतिको रुचिलाई बुझ्दै क्यानले छोटो समयमा सूचना प्रविधि प्रदर्शनी आयोजना गर्र्दै आएको छ ।

 

इन्फोेटेकले यो वर्ष प्रवेश शुल्क पनि बढाएको छ । पाँच वर्षसम्म एउटै शुल्कमा प्रवेश उपलब्ध गराएको क्यान महासंघले यो वर्षदेखि लागुहुने गरी विद्यार्थीलाई ६५ रुपैयाँ र सर्वसाधारणलाई १५० रुपैयाँ प्रवेश शुल्क तोकेको छ । प्रदर्शनीमा भृकुटीमण्डपको हलभित्र ४९ वटा र बाहिर खुल्ला स्थानमा पनि स्टल रहने जनाइएको छ । क्यान महासंघका प्रतिनिधीकाअनुसार अधिकांश स्टलहरू बुकिङ भैसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।