प्रथम बाग्मती नेत्रहीन क्रिकेट रनिङ्ग शिल्ड शुरु

प्रथम बाग्मती नेत्रहीन क्रिकेट रनिङ्ग शिल्ड शुरु

कपन अनलाइन /२९ पुस, काठमाडौं / बाग्मती नेत्रहीन क्रिकेट संघको आयोजनामा हिजो पौष २८ गतेबाट ३ दिवसीय प्रथम बाग्मती नेत्रहीन क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
दुई टिम बाग्मती नेत्रहीन क्रिकेट टिम र नेपाल आर्मीको टिम सहभागि भएको प्रतियोगितको पहिलो दिनको खेलमा आर्मीले १९ रनले बाग्मती नेत्रहीनलाई हराएको छ । बाग्मतीले टस जितेर फिल्डिङ्ग रोजेको थियो भने आर्मीले १९३ रनको टार्गेट दिएको थियो । आर्मील २० ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य सहित मैदानमा उत्रेको बाग्मती टिमले २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर केबल १७४ रन मात्र जोड्न सफल भएको थियो ।
विजय आर्मीका लागि सन्तबहादुर पहरीले ५६ रन जोडेका थिए भने बाग्मतिबाट सागर लामाले ६८ रन जोडेपनि आर्मीका भेषबहादुर चम्केर ५ विकेट लिदाँ बाग्मती विजयी लक्ष्य पाउन सकेन ।
क्रितिपुरको त्रि.वि. अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलको आजको कार्यक्रम भने बन्दका कारण स्थगित भएको छ र भोलिको खेल यथावत रहने बाग्मति नेत्रहीन क्रिकेट संघका कृतन श्रेष्ठले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।