आगामी आवको लागि बुढानीलकण्ठ नगरपालिकाको १६ करोडको बजेट

आगामी आवको लागि बुढानीलकण्ठ नगरपालिकाको १६ करोडको बजेट

कपन अनलाइन\२०७१ पुस २९
नवगठित नगरपालिकामध्ये देशकै सबैभन्दा ठूलो नगर भनेर चिनिएको बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १६ करोडको बजेट पारित गरेको छ । हिजो आयोजित एक औपचारिक कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर परिषदले पारित गरेको नीति तथा कार्यक्रम र बजेट सार्वजनिककरण गरिएको हो । कार्यक्रममा बजेटका साथै नीतिगतरुपमा कसरी नगरपालिकालाई सुत्रबद्ध गर्ने विषयमा योजनाहरु प्रस्तुत गरिएको थियो । नगरपालिकाले देशकै अत्यन्त उर्जाशील यस नगरलाई नमूना नगरको रुपमा विकसित गर्ने महत्वपूर्ण योजनाहरु पस्केको छ । यद्यपि समयाभावका कारण नीति कार्यक्रम र बजेटको विस्तृत खाका भने उपलब्ध गराइएको थिएन ।

1-IMG_7572
गोल्फुटारस्थित गोल्फुटार पार्टी प्यालेसमा आयोजित सार्वजनिकिकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित संसदीय व्यवस्था, कानुन तथा न्याय मन्त्रि नरहरी आचार्यले नगरपालिकाले दीर्घकालिन स्वरुपको खाका प्रस्तु गरेकोमा खुशी व्यक्त गरेका थिए । त्यसैगरी विशेष अतिथिको रुपमा उपस्थित संसदमा कृषि तथा जलश्रोत समितिका सभापति तथा सभासद गगन थापाले विदेशका बिभिन्न महत्वपूर्ण नगरपालिकाहरुका उदाहरण दिँदै समुन्नत नगर बन्नका लागि नीति बन्नुमात्र नभई कार्यान्वयन हुन जरुरी बताएका थिए । कार्यक्रमलाई सभासद केशवकुमार बुढाथोकी एवम् नगरमा सर्वदलीयरुपमा सहभागि भएका राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गरेको थिए ।
गोल्फुटार पार्टी प्यालेसमा निर्धारित समयभन्दा पनि छिटो सुरु भएको कार्यक्रममा नगरपालिकाकी कार्यकारी अधिकृत प्रतिमा बज्राचार्यले नीति तथा कार्यक्रम तथा अधिकृत भुवनेश्वर लामिछानेले बजेटका कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब २०० जना बिभिन्न तह र तप्काका समूदायहरुको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।