गोरेमा खुश्बुले आईटमदेखाउने

गोरेमा खुश्बुले  आईटमदेखाउने

अभिनेत्री खुश्बु खड्काले पहिलो पटक  “गोरे”  चलचित्रआईटमा  डान्स देखाउने भएकी  छिन् । चलचित्र ‘गोरे’ मा खुश्बुले ‘मेरो जवानीलाई तिमी सेकेन्ड ह्यान्ड नसम्झिदेउ, सम्झ तिमी जवानी मेरो फस्ट ह्यान्ड’ बोलको गीतमा आइटम गरेकी हुन् ।

nepali_Movi gore
विकास चौधरीको संगीत, शंकर अधिकारीको शव्द रहेको सो आइटम गीतमा डान्स गरेपछि खुश्बले भनिन्, ‘मैले पहिलोपटक आइटम नम्बर गरेकी हुँ । खाशै मलाई आइटम गर्न मन लाग्दैन ।’ आइटम गर्न मन लाग्दैन भने पनि गोरेको सो गीतमा भने खुश्बुले आफ्नो खुबि देखाएकी छन् ।

चलचित्र गोरे हाल सम्पादनमा रहेको छ । चलचित्र गोरे रिलिजमा आएपछि एकपटक खुश्बुको आइटमले कलिउड तताउने कुरा नायक एवं नृत्य निर्देशक रबी कार्कीको दावी छ । जि.एस. मुभि मेकर्सको व्यानरमा निमिर्त ‘गोरे’ मा दीलिप रायमाझी, अनु शाह, राकेश कुमार,अभिषेश गिरी, रबिन्द्र आचार्य, सुरबिर पण्डित, डा.जुनु घर्ति आदिको मुख्य भूमिका रहेको छ ।

रामेशकुमार राईको निर्देशन रहको चलचित्रमा आफ्नी प्रेमिकाको खोजीमा शहर पुग्दा बाध्यात्मक परिस्थितिमा आफुलाई शहरसंगै बदल्नु पर्दाको संघर्षमय एक युवाको कथा समेटिएको रोमान्टिक, एक्शन चलचित्र हो गारे ।

तपाइँको प्रतिक्रिया ।