यु सर्टिफिकेट पायो बोक्सिको कथामा आधारित रक्तभोगले

यु सर्टिफिकेट पायो बोक्सिको कथामा आधारित रक्तभोगले

 

Raktabhog-poster

कपन अनलाइन\पुस २५, २०७१
नेपाल सरकारको चलचित्र सेन्सर समितिले सत्य घटनामा आधारित चलचित्र रक्तभोगलाई यु सर्टिफिकेट प्रदान गरेको छ । २ वर्ष अगाडि चितवनको माडीमा बोक्सीको आरोपमा विभत्स तरिकाले मारिएकी ढेगनी देवी महतोको घटनामा आधारित भएर निर्माण गरिएको चलचित्रलाई सेन्सर समितिले सवै उमेर समुहका मानिसले हेर्न पाउने यु सर्टिफिकेट दिएको हो ।

 

‘ढेगनी देवीको विभत्स घटनालाई जस्ताकोतस्तै पर्दामा उतारिएकोले यु सर्टिफिकेट पाउन सकिन्न किन्न भन्ने चिन्ता थियो’ चलचित्रका निर्माता रामचन्द्र लम्सालले भने ‘तर उहाँहरुले यस्को मर्मलाई राम्रोसंग बुझ्नुभयो खुसी लागेको छ ।’

 

ढेगनीदेवीलाई तथाकथित बोक्सीको आरोपमा उनकै छिमेकीले विभत्स हत्या गरी, रगतको भोग चढाउनुका साथै शरिरको केहि भागको मासु समेत निकालेका थिए । यो घटनालाई चलचित्रमा जस्ताकोतस्तै देखाईएको लम्सालले बताए । सेन्सर समितिले चलचित्रको कुनैपनि दश्यलाई नहटाएको उनले बताए । तर केहि अलि डरलाग्दा दृश्यलाई केहि धमिलो बनाईएको उनले बताए ।

करिब १ घण्टाको यो छोटो चलचित्र निर्माणको सवै काम सकिएको छ । अव अर्को हप्ता देखि चितवनबाट यसको प्रर्दशन शुरु हुने निर्माता लम्साले बताए । चलचित्रलाई देशका विभिन्न गाँउ गाँउमा च्यारिटी सो मार्फत देखाएर बोक्सीको गलत आरोप लगाउने झाँक्री र माता बिरोधी अभियान चलाउने उनले बताए ।

तपाइँको प्रतिक्रिया ।