डेनीको ‘मेरो चोलीको तुनामा’ भिडियोमा

डेनीको ‘मेरो चोलीको तुनामा’ भिडियोमा

deni

कपन अनलाइन\पुस २५, २०७१
नव गायिका एवं समधुर स्वरकी धनी डेनी रेग्मीको ‘मेरो चोलीको तुनामा’ नामक गीतको भिडियोको काम सकिएको छ । मोडल काजोल पाण्डेले साथ दिएको उक्त भिडियोमा निर्देशक दिपेन्द्र घिमिभरेले अभिनय गरेका छन् । रविन्द्र बरालले खिचेको उक्त भिडियोको निर्माण आशिष घिमिरेले गर्न लागेका हुन् । देवेन्द्रराज पाण्डेको कोरियोग्राफी रहेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् ।

 

शिव सुवेदीको शब्द रहेको गीतमा संगीत विपिन आचार्यको रहेको थियो । भिजन नेपाल फिल्मस्ले बजारमा ल्याउन लागेको म्युजिक भिडियोको छायाङ्कन काठमाडौँ, पोखरा तथा चितवनका विभिन्न ठाउँहरूमा गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।