प्याब्सनको पाठ्यपुस्तक परियोजनाको रकम असुल उपर नभएको तथ्य सार्वजनिक

प्याब्सनको पाठ्यपुस्तक परियोजनाको रकम असुल उपर नभएको तथ्य सार्वजनिक

काठमाडौँ । प्याब्सनको पाठ्यपुस्तक परियोजनाको रकम असुल उपर नभएको तथ्य सार्वजनिक भएको छ ।
प्याब्सनको हालै सम्पन्न चौथो पूर्ण बैठकले यस वर्ष रकम असुल गर्ने निर्णय गरेको छ ।

पूर्ण बैठकको बुँदा नम्बर चारको निर्णय यस प्रकार छ, “४.पाठ्यपुस्तक सम्बन्धमा : प्याब्सनद्वारा विगतदेखि सञ्चालित पाठ्यपुस्तक परियोजना र यस परियोजनाद्वारा प्रकाशित प्याब्सन साइन्स बुकका सम्बन्धमा बैठकमा व्यापक छलफल भयो । पाठ्यपुस्तकका सम्बन्धमा हालसम्म देखिएका विषयगत कमी कमजोरी, गुणस्तरलगायतका समस्याहरुलाई तत्काल सच्चाइ समयसापेक्ष ढंगले परिमार्जन गर्नेे कार्यलाई अविलम्ब प्रारम्भ गर्ने निर्णय गरियो । गत बर्ष गरिएको विक्रि वितरणको ठूलो रकम असुलउपर नभएको देखिएको हुँदा यो बर्षको लागि मात्र स्टक पुस्तक नै लागू गरी बजारमा उठ्न रकम असुल गर्न हरेक क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय उपाध्यक्ष तथा सदस्यहरुको रोहवरमा आवश्यक कदम अगाडि बढाउने र यस कार्यमा सचिवालयले आवश्यक पहल गर्ने निर्णय गरियो ।”

तपाइँको प्रतिक्रिया ।