हिन्दू राष्ट्रका लागि मर्न तयार

कपन अनलाइन\पुस २४, २०७१

सनातन चलिआएको हिन्दू राज्य पुनः कायम नभए माघ ८ पछि आन्दोलनमा उत्रिने हिन्दुवादी संघसंस्थाले जनाएका छन् ।

 

हिन्दुराष्ट्रको पहिचान बोकेको नेपाललाई विदेशी शक्तिको आडमा धर्म निरपेक्ष घोषणा गरेको भन्दै हिन्दु राष्ट्र पुनः स्थापना सङ्घर्ष समितिका अध्यक्ष हरिबोल भट्टराईले मुलुकलाई हिन्दु राष्ट्र घोषणा नगरिए माघ ८ पछि आन्दोलनमा उत्रिने चेतावनी दिए । हिन्दु राष्ट्रको पहिचान बोकेको नेपालको अस्तित्वमा विदेशीले इशारा गरिरहेको भन्दै भट्टराईले हिन्दु राष्ट्रका लागि आफू मर्न समेत तयार रहेको बताएका थिए । बुधबार भएको पत्रकार सम्मेलनमा हिन्दु राज्यको पक्षमा रहेका संघसंस्थाहरूका प्रतिनिधीहरूको बाक्लो उपस्थिति थियो । विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्म निरपेक्षमा गएकोमा दुःख प्रकट गर्दै अब बन्ने संविधानमा हिन्दु राष्ट्र राख्नुपर्ने माग गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।