Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/10863610_900184383327841_366665261_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/10859544_899916086688004_44850682_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

दुई कविता

बुढानीलकण्ठ नगर तथा आसपासको पहिलो र एकमात्र अनलाइन पत्रिका ‘कपन अनलाइन’ सहआयोजक रहेको कपनमा हरेक महिनाको पहिलो शनिवार बिहान आयोजना हुने कसार कार्यक्रममा वाचन भएको कविहरू समिक्षा देउजा र शिवहरि खतिवडाका  दुई रचना –

 

10863610_900184383327841_366665261_n

कसार

-समिक्षा देउजा

 

चामललाई भुटेर, जाँतोमा पिँधेर
स्वादका मिठा मसला हालेर

सख्खरको गुलियो खुँदोसहित
नांग्लोमा राखी
कुनै कलिला, कुनै खँदिला
केही उत्साही, केही पारखी
सबैले एउटै उद्धेश्य राखी
सामुहिक जोडि ती हातहरुले
स्पर्श गर्दा, मिच्दा मोल्दा
बन्ने गर्छ गोलो आकार
नेपाली स्वादको मिठो परिकार
गुलियो स्वादिलो त्यो कसार ।

 

जोडि मिलाउन, कर्म सिकाउन
उमंग र उत्साहमा साइत जुराउन
हरियो टपरीमा सजिएर आउँछ
गुलियो पोषिलो गोलो आकार
नेपाली स्वादको मिठो परिकार
त्यही कसार, यही कसार

 

त्यस्तै दुरुस्तै कसार बनाउन
कला, साहित्य, रंगमञ्च सजाउन
कपनका हामी साहित्यप्रेमी
उत्साही पारखी सबै मिलेर
सरस्वतीका वरद् पुत्र
लक्ष्मीका प्रसाद देवकोटालाई
साक्षी राखेर संकल्प गर्दै
सबैलाई समेट्न सबैलाई समाउन
एकताको बलियो माला बनाउन
साइत गर्या छौं, कसार बनाउन
त्यस्तै दुरुस्तै कसार बनाउन

 

यो कसारले हाम्रो श्रीबृद्धि गर्नेछ
भावना र चाहनालाई परिपक्व पार्नेछ
त्यसैलै, आऔं
त्यो कसारलाई हामी बलियो बनाऔँ
एकढिक्का भई एकजुट बनाऔँ
मेहनतले मिचेर, सृजनाले सिँचेर
सबैलाई जोडौं, सबैलाई गोडौं
कसिलो, भरिलो, गुलियो, स्वादिलो
आउनुस्, बनाऔं मिठो परिकार
यो हाम्रो कसार, यो हाम्रो कसार
त्यस्तै दुरुस्तै
गुलियो, खँदिलो, स्वादिलो, पोषिलो
यो हाम्रो कसार
यो हाम्रो कसार ।

बुढानीलकण्ठ-१३, कपन, लसुनटार

हालः नेब्रेस्का, अमेरिका

 

 

10859544_899916086688004_44850682_n

गजल

-शिबहरी खतिवडा `अन्जान´

स्वर्गको कुरा गर्दा दाँज्न मिल्ने हाम्रो नेपाल
पृथ्बि को सिरमाथि बिराजमान छ हाम्रो नेपाल

के छैन हाम्रो देशमा हुनुपर्ने सबै चिज छ
फेरि पनि किन गरिब भएको छ हाम्रो नेपाल
स्वर्गको कुरा गर्दा दाज्न मिल्ने हाम्रो नेपाल

सबैसँग मिल्न सक्ने नेपाली को बानी भन्थे
आज किन झगडाले आक्रान्त छ हाम्रो नेपाल
स्वर्गको कुरा गर्दा दाज्न मिल्ने हाम्रो नेपाल

गरीब हुँदा छिमेकीको ह्याकुल्लाले पेल्दा रहेछन्
लाज पचाइ रुन्चे हाँसो हाँसेको छ हाम्रो नेपाल
स्वर्ग को कुरा गर्दा दाज्न मिल्ने हाम्रो नेपाल

आफ्नै नंग्रा नखियाई प्रगतिको पथमा पुग्न
को पो सफल भको छ र सफल हुन्छ हाम्रो नेपाल
स्वर्गको कुरा गर्दा दाज्न मिल्ने हाम्रो नेपाल

केही दिनको लागि नर्क जस्तो भए पनि नेपाल
अब फेरि स्वर्ग जस्तै बनाउनु छ हाम्रो नेपाल
स्वर्ग को कुरा गर्दा दाज्न मिल्ने हाम्रो नेपाल ।


बुढानीलकण्ठ-१४, कपन ।

तपाइँको प्रतिक्रिया ।