बल्थलीमा प्याव्सकका प्रिन्सिपलहरुको रिफ्रेशमेन्ट

कपन अनलाइन

काठमाडौं ,माघ ३०।

निजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याव्सक ) ले सदस्य विद्यालयका प्रिन्सिपल तथा  संचालकहरुका लागि पुनर्ताजगी कार्यक्रमको आयोजना गरेको छ।

कोरोना प्रकोप र लकडाउनका कारण लामो समय सम्म बन्द रहेका विद्यालयहरु भौतिक रुपमा संचालन भए संगै भावी योजना निर्माण र रमाइलोका लागि भन्दै प्याव्सकले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ।

“In th field enemy,off the field best friend ”  भन्दै पेशागत सुरक्षामा सामुहिक पहल गर्नका लागि स्थापना भएको प्याव्सकले काभे पलान्चोक जिल्लाको बल्थली माउन्टेन रिसोर्टमा गरेको कार्यक्रम फागुनमा संचालन हुने प्याव्सक फुट्सल -२०२१ का वारेमा पनि छलफल गरिएको एक सहभागीले जानकारी दिएका छन।

मस्त मुडमा खुलेर विद्यालय र आफ्ना पेशागत मर्म साट्ने उत्तम मंचका रुपमा यस्ता पुनर्ताजगी तालिमहरुको उपयोग हुने भएकोले सदस्यहरुले  सक्रियता पुर्वक सहभागिता जनाउने गरेका छन।

एकीकृत परिक्षा संचालन ,विभिन्न रचनात्मक कार्यक्रम आयोजना, पेशागत संघ संस्थामा प्रतिनिधित्व लगायतका कार्यहरु गर्दै आएको प्याव्सकमा काठमाडौं जिल्लाका विभिन्न विद्यालयहरु सदस्य रहेका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।