ग्यास बिक्रेता संघ नेपाल सातौ बार्षिक साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस १२/मोहन कुमार श्रेष्ठ

ग्यास बिक्रेता संघ नेपालको सातौ बार्षिक साधारणसभा तथा  चौथो अधिबेशन सम्पन्न भएको छ।

गोकेर्णेश्वर नगरपालिका वडा नं ५ बिरङगना होटेलमा ग्यास बिक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष महेश्वर कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

सो कार्यक्रममा ग्यास बिक्रेता महासंघका बरिस्ट उपाध्यक्ष चन्द्र बहादुर थापा,कोषाध्यक्ष राजेश दाहाल, महासचिव बिष्णु दुलाल,बागमती प्रदेश अध्यक्ष ग्यानेन्द्र रिजाल लगायत ग्यास बिक्रेताहरुको उपस्थिति थियो।

सो कार्यक्रममा प्रमुख अतिथिले ग्यास व्यावसायिहरुको हकहितका लागि आफै ब्यबस्थित र पारदर्शी  भएर आफ्ना आवाज बुलन्द पार्नुपर्ने धारणा व्यक्त गरेका थिए।

क्षेत्रीय  अध्यक्ष रामहरि पराजुलीले अध्यक्षता गरेको  सो कार्यक्रमको दोस्रो सत्रबाट जयराम श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति  पनि चयन गरिएको थियो।सो समितिको  उपाध्यक्षमा कृष्ण वीर मानन्धर ,सचीवमा इन्द्र राज सापकोटा ,कोषध्यक्षमा  कुल बहादुर खत्री र शेष नारायण श्रेष्ठ ,नारायण खड्का ,शशी थापा,बिष्णु प्रसाद उप्रेती  श्याम श्रेष्ठ सदस्यमा चयन भएका छन।

( मोहन कुमार श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

 

तपाइँको प्रतिक्रिया ।