२०३० को एसियाली खेलकुद आयोजनाको दाबी वारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष र साउदी राजदुत विच छलफल

कपन अनलाइन

काठमाडौं ,मंसिर २६।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबीच शनिबार सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर छलफल भएको छ ।

कमिटीको सातदोबाटो स्थिति कार्यालयमा भएको भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका लागि पनि कुराकानी भएको थियो । साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबी प्रस्ताव गरेको छ र त्यसमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष माननीय श्रेष्ठसग भेट गर्नु भएको हो । त्यस एसियाली खेलकुद आयोजनका लागि रियादसगै कतारको दोहाबीच प्रतिस्पर्धा हुन लागेको छ । यसअघि कतारी ओलम्पिक टोलीले पनि काठमाडौंका भ्रमण गरेको थियो ।

राजदूतसगको कुराकानीपछि अध्यक्ष माननीय श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउ“दै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षस“ग थप छलफल हुने बताउनु भयो । उहाले अन्तिम निर्णय अगाडि नेपाली खेलकुद र खेलाडीलाई हित र स्वार्थलाई मुख्य आधार बनाइने बताउनु भयो । अध्यक्ष माननीय श्रेष्ठसगै महासचिव श्रेष्ठले मस्कटमा हुने साधारण सभामा भाग लिनु हुनेछ ।

त्यस अवसरमा नेपाली टोलीले साउदी र कतारी ओलम्पिक कमिटीसग थप भेटघाट गर्नेछ । राजदूत आरवेसगको छलफलको अवसरमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य र महासचिव निलेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।