फरार अभियुक्त पक्राऊ

फरार अभियुक्त पक्राऊ

कपन अनलाइन, भक्तपुर, २४ मङ्सिर ।

पुनरावेदन अदालत ललितपुरले रु छ करोड ९० लाख २० हजार ६४७ जरिवाना र तीन वर्ष कैद फैसला गरेको एक अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ ।

बैङ्किङ कसुरको अभियोग लागेका भक्तपुरको सूर्यविनायक नगरपालिका–४ नंखेलका मदन खत्रीलाई महानगरीय प्रहरी वृत्त जगातेको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

अदालतले कसुर ठहर गर्दै जरिवाना कैद फैसला गरेको व्यक्ति फरार रहेको जानकारी आएपछि प्रहरीले खत्रीलाई पक्राउ गरी आजै अदालतलाई बुझाएको उहाँले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।