मंसिर २५ गते महाकवि देवकोटाको स्मृतिमा रियाको आठौँ साहित्य विशेष कार्यक्रम

कपन अनलाइन, २३ मंसिर, २०७३

devkota-ji

देशकै महत्वपूर्ण तथा चर्चित शैक्षिक संस्था रिलायन्स इन्टरनेसनल एकेडेमीले वार्षिकरुपमा आयोजना गर्ने साहित्यिक कार्यक्रम मंसिर २५ गते शनिवार हुने भएको छ । उपत्यकाव्यापी अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको साथ काव्यिकगोष्ठीसमेत हुने कार्यक्रमलाई विगत ८ वर्षदेखि रिया साहित्य समाजले संचालन गर्दै आएको छ ।

मंसिर २५ गते हुने साहित्य विशेष कार्यक्रमका प्रा डा वासुदेव त्रिपाठी प्रमुख अतिथि रहने जनाइएको छ । रियाले हरेक वर्ष गर्ने स्रष्टासम्मान कार्यक्रम अन्तर्गत यस वर्ष प्रा डा केशवप्रसाद उपाध्यायलाई गर्ने प्रदान गर्नेछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजना हुने यस कार्यक्रममा विशिष्ट कविहरुले कवितावाचनसमेत गर्ने छन् । कार्यक्रम रिलायन्स एकेडेमी प्रांगणमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।