बुढानिलकण्ठमा मंसिर २५ मा विश्वस्तरीय माउण्टेनबाइक प्रतियोगिता, उपराष्ट्रपतिद्वारा उद्घाटन गरिने ।

बुढानिलकण्ठमा मंसिर २५ मा विश्वस्तरीय माउण्टेनबाइक प्रतियोगिता, उपराष्ट्रपतिद्वारा उद्घाटन गरिने ।

कपन अनलाइन, २३ मंसिर २०७३ 

15037193_364604030551751_2295078114644773659_n

काठमाडौंमा आउँदो मंसिर २५ गते विश्वस्तरीय माउण्टेनबाइक प्रतियोगिताको तयारी अन्तिमचरणमा पुगेको छ । युवा साइकिलिस्टहरुको समूह पखेरुले आयोजना गर्न लागेको कार्यक्रमका लागि स्वदेशीका साथमा विदेशीहरुले विशेष चासो राखेका छन् । काठमाडौंको अत्यन्त महत्वपूर्ण बुढानिलकण्ठ क्षेत्रमा हुन लागेको प्रतियोगितालाई बुढानिलकण्ठको पर्यटकीय विकासमासमेत टेवा पुर्याउने कार्यक्रमको रुपमा हेरिएको छ । माउण्टेनबाइकका लागि देशकै राम्रो ट्रयाकको रुपमा हेरिएको बुढानिलकण्ठमा हुने लागेको प्रतियोगितामा सहभागिहरुको ठूलो भीड लागेका आयोजक पखेरुले जनाएको छ ।

14054070_370322749979879_459813803371535746_n

२५ मंसिरमा हुन लागेको कार्यक्रमका लागि विशेष तयारी गरिरहेको पखेरुले १ दिने प्रतियोगिता करिब २०० जना सहभागि बटुल्ने जनाएको छ । ९ वटा क्याटागोरीमा कार्यक्रमलाई समेटिएको छ । जुनियर मेल फिमेल, इलाइट मेल फिमेल, युथ २३ मेल फिमेल, मास्टर ३० ओभर, क्रशकन्ट्री भेट्रान ४० ओभर, ग्राण्ड भेट्रान ५० ओभरमा हुने प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको र प्रचारप्रसारमा केन्द्रित रहेको पखेरुले जनाएको छ । पखेरुका अध्यक्ष छिरिङ ङेसुरका अनुसार कार्यक्रमलाई रेडबुलले प्रायोजन गरेको छ भने पर्यटन बोर्डले प्रर्बद्धन, नेपाल साइक्लिङ संघको सहकार्यमा सो प्रतियोगिता हुन लागेको हो ।

15349637_376689286009892_9122425990192011976_n

बुढानिलकण्ठ क्षेत्रमा हुन लागेको हुनाले यस क्षेत्रको विकासमा सहयोग पुर्याउने हेतुले महत्वपूर्ण मानिने हिसाबलमा यस प्रतियोगिताका लागि बुढानिलकण्ठ नगरपालिकाले विशेष सहयोग गरिएको जनाइएको छ । कार्यक्रमको व्यानरमा नै पखेरु तथा बुढानिलकण्ठ नगरपालिकाको आयोजना भनिएकोले बुढानिलकण्ठ नगरपालिकाको विशेष सहयोग रहेको छ ।

14915489_362458600766294_6958729774151126939_n

मंसिर २५ गते हुन लागेको कार्यक्रमको उद्घाटन बिहान ७ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने छन् । त्यसैगरी अपरान्ह ३ बजे स्वास्थ्य मन्त्री गगन थापाले गर्ने कार्यक्रम रहेको आयोजक पखेरुका छिरिङले बताए । देशको ठूलो नगरपालिका भनेर चिनिएको बुढानिलकण्ठ नगरपालिकाको पर्यटकीय विकासका लागिसमेत महत्वपूर्ण भनिएको माउण्टेनबाइक प्रतियोगिताका लागि नगरपालिकाले समेत महत्वकासाथ हेरेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।