‘बिकू साकोस’मा सापकोटा निर्विरोध

कपन अनलाइन, काठमाडौँ, २१ मङ्सिर ।

नवलपरासीको गैँडाकोट– ८ स्थित बिकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ साधारणसभाले केशवप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

साधारणसभाले उपाध्यक्षमा त्रैलोक्यनाथ खरेल, सचिवमा गोविन्द रिमाल, कोषाध्यक्षमा कालीदास गौडेल र सहसचिवमा प्रेमप्रसाद सापकोटा निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक खेमराज सापकोटाले जानकारी दिनुभयो । त्यस्तै सदस्यमा इन्द्रराजज्योति पौडेल, हरिलाल सापकोटा, ओमप्रसाद सापकोटा, यमुनाथ आचार्य, चन्द्रदत्त जैसी, सङ्गीता अधिकारीलगायत हुनुहुन्छ ।

करिब २७ हजार सदस्य रहेको बिकू बचतले पछिल्लो समयमा एसियाली ऋण महासङ्घको प्राविधिक सहयोग तथा नेपाल बचत तथा ऋण सहकारी संस्था लि (नेफस्कुन)द्वारा सञ्चालित उत्कृष्ट सेवा र सुरक्षाका लागि एसियालीस्तरको अन्तर्राष्ट्रिय ब्रान्ड प्राप्त गर्न सफल भएको छ । आव २०७२÷७३ मा संस्थाको कुल पुँजी रु दुई अर्ब १० करोड पुगेको छ भने यस वर्षको सञ्चालन मुनाफा रु पाँच करोड ८३ लाख रहेको छ । छब्बीस जना सदस्यबाट दैनिक पचास पैसा बचत गरी २०४८ सालमा स्थापना भएको ‘बिकू साकोस’ले यस क्षेत्रको सामाजिक तथा आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।