क्यान्सरपीडित चौधरीबाट सहयोगको लागि आग्रह

कपन अनलाइन, काठमाडौँ, २१ मङ्सिर ।

क्यान्सर रोगले पीडित पथरैया, कैलालीका ३२ वर्षीय नारायण चौधरीले आर्थिक सहयोगका लागि आग्रह गर्नुभएको छ ।

आफू सुकुम्वासी परिवारको भएको र उपचारका लागि रकमको अभाव भएकाले मानवीय रुपमा आर्थिक सहयोगका लागि सबैसँग चौधरीले आग्रह गर्नुभएको हो ।

विगत एक वर्षदेखि क्यान्सरको उपचारको क्रममा धेरै ऋण लागेको उहाँले बताउनुभयो ।
सहयोग गर्न चाहनेले नारायण चौधरीको एभरेस्ट बैङ्कको खाता नम्बर ०२३००५०१२०१२२६ र हिमालयन बैङ्कको खाता नम्बर ००६०२३५५४५००१५ मा रकम जम्मा गर्न सक्नेछन् ।

सुरुमा भारतको लखनउमा उपचार गराउनुभएका चौधरीले हाल भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको छ ।

उहाँले भन्नुभयो– ‘भारतमा गरेको शल्यक्रिया असफल भएपछि अहिले फेरि नेपालमा शल्यक्रिया गराएको छु, पैसा नहुँदा उपचारमा निकै समस्या परिरहेको छ ।

स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका चौधरीले राजधानीका कलेजमा अध्यापन गराउँदै आउनुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।