श्रीलङ्कासँग मिलेर काम गरिने

श्रीलङ्कासँग मिलेर काम गरिने

कपन अनलाइन, काठमाडौँ, २० मङ्सिर ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलङ्कासँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेलासँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलङ्काबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताउँदै भूकम्पपछिको पुनःनिर्माणमा श्रीलङ्काले गरेको सहयोगका लागि धन्यवादसमेत दिनुभएको ।प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा श्रीलङ्काली राजदूत पेरेलाले आगामी वर्ष नेपाल र श्रीलङ्काबीच दौत्यसम्बन्ध कायम भएको ६०औँ वर्षको अवसरमा प्रधानमन्त्री दाहाललाई श्रीलङ्का भ्रमणका लागि निमन्त्रणा दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।