गगन थापाको टोलटोलमा सांसद कार्यक्रम शुरु, पहिलो कार्यक्रम वडा नं. ३३ को धोवीधारामा सम्पन्न

gagan-thapa-jii

कपन अनलाइन,  १९ मंसिर २०७३

स्वास्थ मन्त्रीसमेत रहेका काठमाडौं क्षेत्र नं. ४ सांसद गगन थापाले टोल टोलमा सांसद कार्यक्रम संचालन शुरू गरेका छन् । निर्वाचन क्षेत्रको टोलटोलमा पुगेर जनतासँग प्रत्यक्ष कुराकानी र अन्र्तक्रिया गर्ने कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम कामनपा वडा नं. ३३ को धोवीधारामा सम्पन्न भएको छ । यस अघि जनतासँग सभासद नामको कार्यक्रम संचालनमा ल्याइसकेका मन्त्री थापाले क्षेत्रभित्रका समस्या र अवस्थालाई सुक्ष्म तवरले जान्नको लागि यो  टोलटोलमा सांसद कार्यक्रम आयोजना गर्न लागेका हुन् । कार्यक्रमलाई हरेक साता शनिवारका दिन नियमित गर्न लागिएको सांसद गगन थापाको कार्यालयका सिइओ रोहित पौडेलले कपन अनलाइनलाई बताए ।

received_10154794590799494
हिजो शनिवार वडा नं. ३३ धोवीधारामा बिहान ८ देखि ९ः३० सम्म भएको भेटघाट कार्यक्रममा उपस्थित जनता सामान्यले मन्त्रीसमेत रहेका सांसद गगन थापालाई आफ्ना ठाउँको बिबिध समस्याहरु जानकारी गराएका थिए । भेटघाटका क्रममा धोबिधारामा सडक साँघुरो भएर गाडी छिर्न नसक्ने अवस्थादेखि महानगरले सडक नबडारेको कुरासम्म गुनासो गरिएको थियो । त्यसैगरी पिच निर्माणको गुणस्तरका बारेमा पनि उपस्थित जनसामान्यले कुरा उठाएका थिए । मेलम्ची खानेपानीले ले बाटो खनेर बनेको बाटो बिगारेको र सो बाटो कस्ले बनाइदिने वा बनेका बाटो कस्तो हुने बारे आवाज उठेको थियो । जनसामान्यको आवाजलाई सम्बोधन गर्दै सांसद गगन थापाले ले सबै जनता सहमत भए बाटो बिस्तार विकासमा आफू महत्वपूर्ण पहल गरिदिने बताएका छन् । त्यसैगरी महानगरले सरसफाइ नगरेको लगायतका समस्या समाधानका लागि थापाले आफ्नो सांसदको कार्यालयलाई जिम्मा लगाएका छन् ।

received_10154794591044494

कार्यक्रममा स्थानीयले ८ वर्षदेखि अल्मलिएको कलेजो प्रत्यारोपणलाई एक महिनाको मेहनत र पहलमा समाधान गरेकोमा स्वास्थ्य मन्त्रीसमेत रहेका थापालार्ई बधाई दिएका छन् । यस्तैै लोककल्याणकारी काम गरेको हेर्न चाहेको भन्दै स्थानीयहरुले अति विशिष्टलाई दिने उपचार खर्च सम्बन्धि कार्यबिधिको पनि प्रशंसा गरे । अति विशिष्टहरुको उपचारको विषयलाई निचोड सम्म पुर्याउन स्थानीयहरुले अनुरोध गर्दै टोलटोलमा सांसद कार्यक्रम निरन्तर हुनुपर्ने बताए । अर्काे हप्ताको कार्यक्रम कुन टोलमा गर्ने केही दिनमा सार्वजनिक गरिने सांसद कार्यालयका सिइओ रोहित पौडेलले बताए । (तस्वीर रोहित पौडेल)

तपाइँको प्रतिक्रिया ।